गोल्डेन न्यूज संवाददाता
भूकम्पबाट शिथिल भएको पर्यटक क्षेत्र उकास्नका लागि पोखराका पर्यटन व्यवसायीले राष्ट्रिय भाव झल्किने गरि शुक्रबार बेलुकी भव्यरुपमा सांगितिक कार्यक्रम गर्ने भएका छन् । ‘पूनर्जागरणका लागि संगीत’ भन्दै व्यवसायीले राष्ट्रिय र स्थानीय कलाकारको सहयोगमा सांगीतिक कार्यक्रम गर्ने बताएका छन् । पोखरा पर्यटन पुनर्जागरण समिति (पिटिआरसी) का इभेन्ट संयोजक गोपिबहादुर भट्टराइका अनुसार शुक्रबार बेलुकी ६ देखि राती १० बजेसम्म लेकसाइडस्थित अम्बोटमा सांस्कृतिक कार्यक्रम हुनेछ । हल्लनचोकमा कलाकार भेला गराएर नेपालको झण्डा बोकेर शान्तपूवर्क अम्बोट पुगेर कलाकार समुहले कार्यक्रम पस्कनेछन् । सांस्कृतिक कार्यक्रममा आउने कलाकारले राष्ट्रिय भाव सहितका गीत तथा सांगीतिक कार्यक्रम मात्र प्रस्तुत गर्नेछन् । मनोरञ्जनात्मक भन्दा पनि राष्ट्रिय भावले ओतप्रोत सांगीतिक कार्यक्रम गरेर पोखरालाई सक्रिय बनाउन खोजेको उनले बताए । उनका अनुुसार कार्यक्रममा कलाकारहरु जेम्स प्रधान, आस्था राउत, धर्मेन्द्र सेवान, अनुप्रष्ठ, अभय एण्ड स्टिम इन्जस, रक स्टेरीयो, प्रयत्न एण्ड ब्याण्ड, सत्य, स्वरुप, सितल मोक्तान, शिवानी मोक्तान, राजेश हमाल, प्राश्ना शाक्यले विशेष कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यस्तै पोखराको लक्ष्य ब्याण्डले पनि प्रस्तुती देखाउनेछ । कार्यक्रमलाई खुश्वु प्रधानले संचालन गर्नेछिन् । गायक गायिकाले आफूहरुले गाएका मनोरञ्जात्मक गीतको सट्टा राष्ट्रिय भाव झल्कने गितसंगित प्रस्तुत गर्ने उनले बताए । कुृनैपनि गायकगायिकाले आफ्ना एल्बमका गित नगाउने उनले बताए । गायकगायिकाले राष्ट्रियतासँग सम्बन्धित गित गाएर पोखरेलीलाई एकीकृत बनाउने उनले बताए । पोखराको पर्यटन क्षेत्र उकास्नका लागि फिल्मकर्मीदेखि कलाकार झिकाएको उनले बताए । भूकम्पको कम्पन र त्रासका कारण सिंगो मूलूक नै निराश भएको बेला मनोरञ्जनात्मक गतिविधि नगरि राष्ट्रियता झल्कने गतिविधि मात्र गर्न थालेको उनले बताए । नायक हमाल विशेष पाहुनाको रुपमा रहनेछन् । नेपालको झण्डा र पूर्नजागरणका लागि संगित लोगो अंकित टिसर्ट लगाएका युवायुवती कार्यक्रममा सहभागी हुने उनले बताए । निःशुल्क हेर्न पाईने कार्यक्रममा टिसर्ट बिक्रीको केहि बचत रकम भूकम्प पीडितको राहतका लागि खर्च गरिने भट्टराइले बताए । पोखराका पर्यटन व्यवसायी सम्मिलित पिटिआरसीले भूकम्प पछि पूनरुत्थानका विभिन्न कार्यक्रम गर्दै आएका छन् । योगशिविर र क्षमापूजा गरेका व्यवसायीले सांगितिक कार्यक्रम सकिएपछि अन्य प्रवद्र्धनात्मक गतिविधि चलाउने पिटिआरसी संयोजक गणेशबहादुर भट्टराइले बताए ।

Post a Comment