0
गोल्डेन न्यूज संवाददाता
युवा व्यवसायी तथा सञ्चारकर्मी सपना गुरुङ र डा.गोपीलाल श्रेष्ठको संयुक्त प्रस्तुति आधुनिक गीति संग्रह ‘नौं डाँडा पारी’ शनिबार विमोचन भएको छ । लायन्स क्लव अफ पोखराद्वारा आयोजित एक कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव धनबहादुर श्रेष्ठले उक्त संग्रहको विमोचन गरेका हुन् । एल्वममा ५ वटा गीत समावेश रहेका छन् । टाईटल गीत ‘नांै डाँडापारी’ र ‘अब त कान्छी’ बोलको गीतमा डा.गोपीलाल श्रेष्ठको स्वर रहेको छ भने ‘साँझ र पख यानिमाया’ र ‘विहानीको किरणसँगै’ बोलको गीतमा सपना गुरुङको स्वर रहेको छ । त्यस्तै ‘ओंठैमा लाली’ बोलको गीतमा भने श्रेष्ठ र गुरुङको युगल स्वर रहेको छ । आशिष अविरलको संगीत रहेको उक्त एल्वममा किरण माइकल, प्रकट पंगेनी ‘शिव’, ज्ञानु निगाह, किरण खरेल र राजकुमार वगरको शव्दहरु रहेका छन् ।  गीति संग्रहको रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले समीक्षा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय प्रशासक थपलियाले गीत÷संगीत समाजको अभिन्न अंग भएको बताउँदै यसले बिचलित मनलाई ठीक ठाउँमा ल्याउने बताए । उनले सँधै भुकम्पको त्रासमा बस्नुभन्दा गीत÷संगीतमा रमाउँदै दैनिकीमा फर्कनुपर्ने र त्यसका लागि ‘नौं डाँडा पारी’ गीति संग्रह उपयुक्त हुने उल्लेख गरे । लायन्स क्लव अफ पोखरा समर्पणकी अध्यक्ष बिन्दु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका सहसचिव धनबहादुर श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीकृष्ण श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापा, लायन्स ३२५ बि वानका गभर्नर दीपक श्रेष्ठ, समाजसेवी प्रेमबहादुर श्रेष्ठ, रीता पालिखे, गायिका सपना गुरुङ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लवकी सचिव लक्ष्मी मल्ल र शान्ता श्रेष्ठले गरेका थिए । भूकम्पको त्रास हटाएर पहिलेकै अवस्थामा फर्काउने उद्देश्यले गरिएको कार्यक्रम सफल भएको ईभेन्ट संयोजक गोपीबहादुर भट्टराईले बताए । उनले केही क्षण भएपनि दर्शकले मनोरञ्जनमार्फत भूकम्पको त्रास बिर्सेको बताउँदै अब दैनिकीमा फर्कन पनि कार्यक्रमले सघाउने विश्वास व्यक्त गरे । भट्टराईले टिसर्ट बिक्रीबाट आएको बचत रकम भूकम्प पीडितलाई राहत प्रदान गरिने जानकारी दिए । पोखरामा भुकम्पको खासै प्रभाव नपरेपनि त्रासका कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएपछि ‘पोखरा पर्यटन पुनःजागरण समिति’ (पिटिआरसी) गठन गरेर विविध कार्यक्रम गरिदै आएको छ । समितिले यसअघि योगशिविर र क्षमापूजा गरिसकेको छ भने अन्य प्रवद्र्धनात्मक गतिविधि जारी राख्ने पिटिआरसी संयोजक गणेशबहादुर भट्टराइले बताए ।

Post a Comment

 
Top