गोल्डेन न्यूज संवाददाता
‘विपद व्यवस्थापनमा युवा, पुनःनिर्माणका लागि स्वयंसेवा’ अभियानको टोली मंगलबार कास्कीको छिमेकी जिल्ला पर्वत जाने भएको छ । कास्कीमा भूकम्पले भत्केका सबैजसो विद्यालयमा अस्थायी राहत कक्षा कोठा निर्माण गरेको उक्त टोली मंगलबार पर्वतको तिलाहार गाविसको तुलोदय माविमा नमुना कक्षा कोठा निर्माण गर्ने गरी पर्वत जाने भएको युवा स्वयंसेवा समन्वय उपसमिति कास्कीका संयोजक दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसारका विद्यालयमा पुनः निमार्ण अभियान लिएर कास्कीको स्वयम सेवा टोली राहत कक्षा कोठा बनाउन पर्वतका युवालाई अभिप्रेरीत गर्ने उद्देश्यले टोली पर्वत जाने तयारी गरेको हो । पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषि तिवारीको विशेष आग्रहमा टोली पर्वत जान लागेको हो । त्यसै गरी स्वयंसेवा टोलीले सोमबार कास्की सुइखेतमा रहेको अम्बिका माविमा जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीहरुले स्वयंसेवा मार्फत तीन वटा अस्थायी राहत कक्षा कोठा निर्माण गरेको संयोजक श्रेष्ठले बताए । विद्यालय पुनःनिर्माण अभियानका लागि सहयोग आउने क्रम जारी रहेको छ । सोमबार मात्रै कास्की जिल्ला टेनिस संघले सुकेको वास खरिद र टुक्रा पारे वापतको रकम ३६ हजार रुपैयाँ स्वयंसेवा समितिलाई हस्तान्तरण गरेको छ । त्यसै गरी एनआरएन अमेरिका उपाध्यक्ष रविना थापाको रविना फाण्उडेसन रवाल्टीमोरमा अध्ययनरत सराङकोट स्थायी घर भएका विद्यार्थीहरु स्मृति केसी, स्वीकृति केसी, र स्पर्श केसीले पिटी बैंकमा बचत गरेको रकम ३० हजार ३ सय चित्रा खरिदका लागि समितिका संयोजक श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । पुनः वैशाख २९ गते भूकम्पबाट भत्केका केहि विद्यालयको विवरण आउने क्रम जारीे रहेको छ । जसका कारण कास्कीमा पनि थप अस्थायी राहत कक्षा कोठा निर्माण हुने भएको संयोजक श्रेष्ठले बताए । भूम्पले भत्केका विद्यालयहरुमा पुनःनिर्माण तथा अस्थायी राहत कक्षा कोठा निमार्णसंगै कास्कीका सामुदायिक विद्यालय संचालनमा आएको श्रेष्ठले बताए । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पुगेका कास्कीका विद्यालयमा कास्कीका विभिन्न संघसंस्थाको सहयोग तथा युवाहरुको सहकार्यमा गत बैशाख २५ गतेबाट शुरु गरिएको अभियान शनिबार सम्पन्न भएको हो । अभियान अन्तर्गत २१ विद्यालयमा ५८ वटा अस्थायी राहत कक्षा निर्माण गरिएको थियो ।यसैगरी कास्की जिल्ला कवाडी संघले लेखनाथ नगरपालिका क्षेत्रको वडा नम्बर १४ र १५ मा रहेको थुम्को, ढकाल डाँडा, बडहरे, फेदीमा गरी भूकम्पबाट घर भत्केर छाप्रोमा बसेका त कोहि त्रिपालमा बसेका ४० घर परिवारलाई टिनको अस्थायी राहत कोठा निर्माण गरेका छन् । कास्की जिल्ला कवाडी संघले लेखनाथ नगरपालिका क्षेत्रको वडा नम्बर १४ र १५ मा रहेको थुम्को, ढकाल डाँडा, बडहरे, फेदीमा गरी भूकम्पबाट घर भत्केर छाप्रोमा बसेका त कोही त्रिपालमा बसेका ४० घर परिवारलाई टिनको अस्थायी राहत कोठा निर्माण गरेका छन् ।
Post a Comment