0
गोल्डेन न्यूज संवाददाता
मानव मिलन नारी जागरण नेपालले गत वैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पले प्रभावित बनेका कास्कीको सिद्ध गाविसका ३० घरपरिवारलाई राहत वितरण गरेको छ । शुक्रबार गाविसमा रहेका अति प्रभावित परिवारलाई छनौट गरी ६० थान कम्बल, ३० थान त्रिपाल, ३० थान गुन्द्री चाउचाउ बिस्कुट लगायतका सामाग्री प्रदान गरेको हो । यसअघि, धादिङ, स्याङ्जा लगायतका जिल्लामा राहत वितरण गरिसकेको मानव मिलनले कास्कीमा पनि राहत वितरण गरेको हो । मानव मिलन नारी जागरण नेपालकी अध्यक्ष सावित्री शर्माले जिल्ला बाहिरका भुकम्पबाट पीडितहरुलाई राहत वितरण गर्ने क्रममा नजिकै रहेको कास्कीको सिद्ध गाविसमा पनि धेरै घर बाहिर रहेको जानकारी पाएकाले त्यहाँ वितरण गरिएको जनाईन् । कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रकाश खनालले गाविससँग समन्वय गरेर मानव मिलनले गरेको कामको प्रशंसा गरे । विपद् व्यवस्थापन समितिका प्रतिनिधि बामदेव ओझा लगायतले मानव मिलन नागरी जागरणको कामको प्रशंसा गरेका थिए । कार्यक्रमको संचालन गाविस सचिव गुरुप्रसाद पोखरेलले गरेका थिए । मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी मणिभद्र मुनीजी महाराजको प्रेरणामा मानव मिलन कानपुर भारत शाखाको आर्थिक सहयोग तथा मानव मिलन नारी जागरण नेपालको व्यवस्थापनमा राहत वितरण गरिएको हो । त्यस्तै, सुन्दर बजार क्षेत्रका दुई सय घर परिवारलाई वितरण गरिएको थियो भने स्याङ्जा आरुखर्कका ५० घर बढि परिवारलाई राहत वितरण गरेको थियो ।

Post a Comment

 
Top