0
गोल्डेन न्यूज संवाददाता
भूकम्पबाट सिथिल भएको पर्यटक क्षेत्र उकास्नका लागि पोखराका पर्यटन व्यवसायीले राष्ट्रिय भाव झल्किने गरि सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘पूनर्जागरणका लागि संगीत’ भन्दै व्यवसायीले राष्ट्रिय र स्थानीय कलाकारको सहयोगमा आगामि शुक्रबार बेलुकी सांगितिक कार्यक्रम गर्ने बताएका छन् । पोखरा पर्यटन पुनर्जागरण समिति (पिटिआरसी) का इभेन्ट संयोजक गोपीबहादुर भट्टराइका अनुसार शुक्रबार बेलुकी ६ देखि राती १० बजेसम्म लेकसाइडस्थित अम्बोटमा सांस्कृतिक कार्यक्रम हुनेछ । सांस्कृतिक कार्यक्रममा आउने कलाकारले राष्ट्रिय भाव सहितका गीत तथा सांगीतिक कार्यक्रम मात्र प्रस्तुत गर्नेछन् । मनोरञ्जनात्मक भन्दा पनि राष्ट्रिय भावले ओतप्रोत सांगीतिक कार्यक्रम गरेर पोखरालाई सक्रिय बनाउन खोजेको उनले बताए । उनका अनुुसार कार्यक्रममा कलाकारहरु जेम्स प्रधान, आस्था राउत, धर्मेन्द्र सेवान, अनुप्रष्ठ, अभय एण्ड स्टिम इन्जस, रक स्टेरीयो, प्रयत्न एण्ड ब्याण्ड, सत्य, स्वरुप, सितल मोक्तान, शिवानी मोक्तान, राजेश हमाल, प्राश्ना शाक्यले विशेष कार्यक्रम प्रस्तुत गर्नेछन् । कार्यक्रमलाई खुश्वु प्रधानले संचालन गर्नेछिन् । गायक गायिकाले आफूहरुले गाएका मनोरञ्जात्मक गितको सट्टा राष्ट्रिय भाव झल्कने गीतसंगित प्रस्तुत गर्ने उनले बताए । पोखराको पर्यटन क्षेत्र उकास्नका लागि फिल्मकर्मी देखि कलाकार झिकाएको उनले बताए ।

Post a Comment

 
Top