0
गोल्डेन न्यूज संवाददाता
भुकम्प प्रभावितहरुका लागि राहत सँगसँगै आध्यात्मिक तथा मानसिक परामर्श आवश्यक रहेको भन्दै पोखरामा क्षेत्रीय स्तरको अभियान सुरु गरिएको छ । पोखरामा वुधवार आयोजना गरिएको  पश्चिमाञ्चल स्तरीय आध्यात्मिक तथा धार्मिक क्षेत्रका प्रतिनिधि, मनोकित्सक, भुगोलविद्, समाजिक व्यक्तित्वहरुको भेलाले विपत्का वेला फुटेर होइन जुटेर सहयोगी भुमिका खेल्नुपर्ने आवश्यकता औल्याउँदै उक्त अभियान सुरु गरेका हुन् । मृत आत्माप्रति चिर शान्तिको कामना तथा घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्दै सुरु भएको भेलाले पश्चिमाञ्चल क्षेत्रिय प्रशासन कार्यालयका सह क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलको संयोजकत्वमा कमिटी समेत गठन गरेको छ । जुन कमिटीमा नेपाल पत्रकार महासंघ का केन्द्रीय सदस्य सुष्मा पौडेल, आर्ट अफ् लिभिङका नरेश भट्टराई, व्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयका शैलेषराज बराल, विश्वहिन्दु महासंघका वेधनिधि शर्मा, ताओ एशोसिएशनका अर्जुन बहादुर केसी, नेपाल मानव धर्म सेवा समितिका महात्मा पितम्वरा, राष्ट्रिय परोपकार महासंघका युवा पं कमलनयन गौतम, वौद्धमार्गी मिन गुरु, राधेराधेका गोपाल वहादुर थापा,श्री स्वामीनारायण मन्दिरका श्रीजी प्रसाद दास स्वमी, ओशो उपवनका स्वामी योगानन्द, ओशो धाराका प्राथमिक न्यौपाने, आध्यात्मिक चिन्तक डा. लेखनाथ आचार्य, माधव पहारी, मनोचिकित्स क डा.निर्मल लामिछाने, भुगोलविद् डा कृष्ण केसी लगायत रहेका छन् । संयोजक सह–क्षेत्रीय प्रशासक दिवाकर वास्तोलाले यतिवेला परामर्श कार्यक्रम अत्यन्त आवश्यक भएको भन्दै कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे । साथै क्षेत्रिय प्रशासन कार्यलय संयोजनकारी भूमिका खेल्दै यस कार्यलाई सहयोग गर्न तत्पर रहेको र यो कार्यको सबै क्षेत्रले सिको गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्ने वक्ताहरुले भुकम्प प्रभावित क्षेत्रमा पुगि प्रभावितहरुका लागि राहत मात्र होइन जिवन दर्शन, तनाव व्यवस्थापन लगायत  मानसिक तथा  आध्यात्मिक परामर्श दिनुपर्ने आवश्यकता रहेको बताए । मानिसले राहत पाएको छ तर डिप्रेसन र त्रासको जिन्दगी व्यत्तित गरेको छ भने उसको जिवन खुसी हुन नसक्ने भएकाले खुसि र आनन्दका लागि परामर्श आवश्यक भएको बताएका थिए । उक्त अभियान अन्तर्गत हाल वढी प्रभावित स्थानमा पुगेर परामर्श दिने र पछि कास्की लगायत अन्य कम प्रभावित क्षेत्रहरुमा समेत पुगेर परामर्श गरिने भेलाले निर्णय गरेको छ । उक्त भेलाको संयोजन सुष्मा पौडेलले गरेकि थिइन् । यसभन्दा पहीले पनि वैशाख १२ गते पौडेलको संयोजकत्मा द्धैविक प्रकोप उद्धार समिति कास्कीको मातहतमा स्वयमसेवक भेलाको आयोजना गरिएको थियो । उक्त भेलाले राहत व्यवस्थापन तथा वितरण, बिरामी व्यवस्थापन तथा पुननिर्माणका लागि विभिन्न स्वयमसेवक उपसमितिहरु समेत गठन गरेको थियो । यसैगरी पोखराको बाटुलेचौरमा सञ्चालित पाचँ दिने योग शिविर सम्पन्न भएको छ । स्थानीय हिमालय क्लवले गत शनिवार देखि आयोजना गरेको योग शिविरमा, पताञ्जली योग समिति कास्कीका मार्गदशकद दीपक सिग्देल र समितिका सचिव तिर्थप्रसाद अधिकारीलाई क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठले धन्यावाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम संयोजक बलबहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा महेन्द्र माविका प्रधानाध्यापक बासुदेव पौडेल, क्लवका सचिव मोहन थापा लगायतले स्वास्थ्य जीवनका लागी महत्वपूर्ण रहेको बताए । सोही अवसरमा क्लवले भुकम्पबाट प्रभावित हिमलाल तिमिल्सिनालाई चार हजार रुपैयाँ आर्थिक सहयोग गरेको बताइन्छ ।

Post a Comment

 
Top