0
भूकम्पका कारण सानेपास्थित नेपाली काँग्रेस केन्द्रीय कार्यालय रहेको भवनको तीनवटै ब्लकमा क्षति पुगेको छ । एक, बी र सी ब्लकमा रहेको ४२ वटा कोठा र दुई वटा बैठक कोठाको सबै क्षेत्रका भित्ताहरुमा क्षति पुगेको कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए । कार्यालयको तीन वटै ब्लकहरुका भित्ताहरु धेरैजसो फाटेको भएतापनि पिलर र विममा भने कुनै किसिमको क्षति नदेखिएकाले कार्यालयको दैनिक कार्य सोही कार्यालयबाट नै सञ्चालन गरिरहेको उनले बताए । पार्टी सभापति सुशील कोइराला बस्ने ‘ए’ ब्लकमा सबैभन्दा बढी क्षति भएको र अन्य बी र सी ब्लकमा कम क्षति भएको छ ।   विगत १०÷११ वर्ष अघि करिब रु. पाँच करोडमा निर्माण गरिएको उक्त भवनमा भूकम्पका कारण भएको क्षतिबारे विभिन्न भूकम्पबिद् ईन्जिनियरहरुसँग परामर्श गरिसकेको बताउँदै मुख्य सचिव तिवारीले भवनमा स्टक्चरल क्षति नभएको र भित्ताहरुमात्र चर्किएकाले कम लागतमा मर्मत गर्न सकिने सुझाव दिइएको बताए । भवनको सबै भागमा भूकम्पबाट भएको क्षतिबारे स्थलगत रुपमा जानकारी दिंदै कार्यालयका सचिव प्रेम केसीले कुनै कुनै भित्ताहरु सामान्य अवस्थामा हल्लिने भएकोले भत्काल मर्मत गर्न जरुरी रहेको बताए । भवनका भित्ताहरु अधिकांश चर्किएको, ए, बी र सी ब्लकको बीच भाग छुट्टिएर गएको, भवनको कौशीका केही वालहरु भत्किएको छ । रासस

Post a Comment

 
Top