गोल्डेन न्यूज संवाददाता
एमालेका नेता मदन भण्डारी र कुशल संगठक जिवराज आश्रितको २३औं स्मृति दिवस आइतबार नेकपा एमाले जिल्ला कमिटि कास्कीले विविध कार्यक्रम गरी मनाएको छ । जिल्ला पार्टी कार्यालयमा भएको प्रवचन गोष्ठीमा पोलिटव्यूरोका वैकल्पिक सदस्य तथा गण्डकी इन्चार्र्ज जगत विश्वकर्माले साचो अर्थमा लोकतन्त्रवादी कम्यूनिष्ट भएको बताए । कम्यूनिस्टहरुले लोकतन्त्रलाई नीति व्यवहारमा उतार्न अगुवाइ गरेको जानकारी दिदै नेता वि.क.ले जनताको बहुदलीय जनवादको जगमा २०६२÷६३ सालको आन्दोलन सफल भएको दावी गरे । केन्द्रीय कमिटिका वैकल्पिक सदस्य तथा कास्की इन्चार्ज मानबहादुर जिसीले शान्तिपुुर्ण संघर्षबाट मुलुकलाई रुपान्तरण गर्न सकिने जनताको बहुदलिय जनबादको मान्यता, व्यवहारमा कसी लगाउँदा सही सावित भएको बताए । जनयुद्ध गर्ने माओवादी तथा कांग्रेसले समेत जनताको बहुदलिय जनवादलाई अन्तरआत्माले स्वीकारेको जिसीको दावी थियो । कार्यक्रममा भूगोलविद प्रध्यापक डा.देवेन्द्र बहादुर लामिछानेले भूकम्पको मुख्य कारण र सुरक्षित रहन अपनाउनु पर्ने सतर्कताका बारे प्रकाश पारेका थिए । एमाले जिल्ला कमिटि कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दामोदर वैरागीले मन्तव्य राखेका थिए । यसै गरी एमाले जिल्ला कमिटि कास्कीले २३ औं मदन आश्रित स्मृति दिवसको अवसरमा भूकम्पमा परी घाइते भई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका १ सय विरामीलाई फलफूल वितरण गरेको छ । त्यस्तै नेकपा एमाले क्षेत्र नं.४ले मदन आश्रित स्मृति दिवसको अवसरमा पार्टीको मुखपत्र, वर्ग संघर्षको तेस्रो अंक प्रकाशन गरेको छ । प्रमुख अतिथि पोलिटव्यूरो वैकल्पिक सदस्य जगत वि.क.ले उक्त पुस्तकको विमोचन गरे । यसैगरी नेकपा एमाले जिल्ला कमिटी कास्कीले खोलेको भूकम्प पीडित राहत कोषमा नेपाल राष्टिूय भूतपूर्व प्रहरी तथा सैनिक संगठनले ७५ हजार ३ सय ८३ र सरिता गुरुङले २५ हजार गरी कुल १ लाख ३ सय ८३ रुपैयाँ जम्मा गरिएको छ । कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्षहरु क्याप्टेन लालकाजि गुरुङ र सु.मनबहादुर गुरुङले उक्त रकम अध्यक्ष कृष्ण थापालाई हस्तान्तरण गरे । यसैगरी रुपाकोट मुस्लिम समाज कास्की र रुपाकोटबाट कतार स्थित वैदेशिक रोजगारी गरेका युवाहरुले संकलन गरेको ३० हजार रकम गत वैशाख १२ गतेको भूकम्पमा परी मृत्यु भएका रुपाकोट गाविसकी जुना खड्को परिवारलाई प्रदान गरिएको छ । समाजका अध्यक्ष सवावक्स मियाँले मृतकका श्रीमान दिपक खड्कालाई उक्त रकम प्रदान गरे । सो अवसरमा समाजमा सबै पदाधिकारीहरुको सहभागिता रहेको थियो ।यसैगरी पोखरा १६ कालिखोला स्थित मदन आश्रित पार्कमा नेकपा (एमाले) क्षेत्रीय कमिटी क्षेत्र नं. २ को आयोजना र वडा कमिटी १६ को व्यवस्थापनमा २२ औं मदन आश्रृत स्मृती दिवस मनाएको छ । सो कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य तथा माननिय सभासद चुडामणि जंगलीले आज मदन आश्रृतको २२ औं स्मृती मनाइरहदा विश्व कम्यूनिष्ट इतिहासमा ज.व.ज. को प्रतिपादक नेता आजसम्म रहेको भए यो देशले हालको जस्तो गरिवी र राजनितिक अन्योलता वेहोरिरहन पर्ने थिएन होला भन्दै श्रद्धा व्यक्त गर्नु भयो भने पार्टी जिल्ला अध्यक्ष कृष्ण थापाले हामी कास्कीका एमाले जन साच्चिकै मदन आश्रृत प्रति र पार्टी प्रति वफादार हुनेहो भने आज बाटै प्रण गरौं प्रत्येक जेष्ठ ३ गते प्रत्येकले आफ्नो ठाउँ बाटै श्रद्धेय नेताहरुको शालिकमा श्रद्धाञ्जली अर्पण गरौं र वहाँहरुलाई स्मरण गरौं र यस पार्कको वृद्धि विकासपनि हामीले नै गरौं भने । यस्तै केन्द्रिय वैकल्पीक सदस्य तथा कास्की इन्चार्ज मान बहादुर जि.सी निवर्तमान राष्टिूय प्रतिनिधि परिषद सदस्य श्रीनाथ बराल , जिल्ला कमिटी उपाध्यक्ष मन बहादुर गुरुङ्ग, सचिवालय सदस्य शोभामोहन पौडेल, तेज नारायण अधिकारी, यूवराज पौडेल, दान बहादुर वानिया, भीम आचार्य, विजया सुवेदी, महिला नेतृ गजकुमारी गुरुङ्ग लगायतले शब्द श्रद्धाञ्जली दिए । नेकपा (एमाले) क्षेत्रीय कमिटी क्षेत्र नं. २ का अध्यक्ष जीवन आचार्यको अध्यक्षता र सदस्य भीम गायकको संचालनमा सम्पन्न सो कार्यक्रममा क्षेत्र नं. २ लगायत जिल्ला भएका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Post a Comment