गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री सुशील कोइरालाले विपत्तिको समयमा पीडित जनतालाई सेवा गर्न छोडेर नाफाखोरी गर्ने प्रवृत्ति आपराधिक कार्य भएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । उनले बुधबार बिहान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भूकम्प पीडितका लागि रकम सहयोग गर्न बालुवाटार आएका विभिन्न संस्थाका प्रतिनिधिहरूको बीचमा यस्तो बताएका हुन् । सो अवसरमा विनाशकारी भूकम्पपीडित नेपालीलाई सघाउनका लागि एपेक्स कलेज काठमाडौँले प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ सहयोग गरेको थियो । कार्यक्रममा कलेजका अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सो सहयोग रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आएको बेलामा पीडितलाई सघाउनु सबैको कर्तव्य भएको बताउँदै कतिपय व्यक्ति नाफा कमाउन, पीडितका लागि जुटेको रकम र सामग्री हडप्न लागेका समाचार आएकाले त्यसप्रति चनाखो भएर निगरानी गर्न पनि आग्रह गरे । यस्तै प्रधानमन्त्री राहत कोषमा नेपाल पर्यटन बोर्डले पाँच करोड रुपैयाँ योगदान गरेको छ । बोर्डका अध्यक्ष एवम् पर्यटन तथा नागरिक उड्डयन सचिव सुरेशमान प्रधानले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।

Post a Comment