0
पृथ्वी राजमार्गको दमौली–डुम्रे सडकखण्ड अन्तर्गत पर्ने तनहुँको ब्यास–१ तालघरेमा शुक्रबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु भएको छ । ठक्करबाट मृत्यु हुनेमा पोखरा उपमहानगरपालिका–९ बस्ने ३३ वर्षीय सुरजकाजी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी मोटरसाइकलको पछाडि बस्ने काठमाडौँ महानगरपालिका–६ बस्ने ३१ वर्षीय जुनाकुमारी श्रेष्ठको दमौलीको रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौँ जाँदै गरेको ग३प ७८०० नम्बरको मोटर साइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना४ख ४९४२ नम्बरको बसले उक्त ठाउँमा ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top