गोल्डेन न्यूज संवाददाता
भूकम्पबाट प्रभावित भएका खेलपत्रकारहरुको लागि आर्थिक सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीको आयोजनामा मंगलबार उद्घाटनको अवसरमा र आज विहीबार तालिम समापनको अवसरमा खेलकुद पत्रकारको लागि पोखराका विभिन्न संस्थाले सहयोग दिएका छन । नेपाल खेलकुद पत्रकार मञ्चले स्थापना गरेको भूकम्प पीडित खेलपत्रकार सहयोग कोषमा पोखराबाट केही दिन अघि मात्र तीन वटा संस्थाले पोखराबाट उक्त कोषमा करीब ५६ हजार सहयोग हस्तान्तरण गरेका थिए भने विहिबार दुई संस्थाले ३० हजार सहयोग गरेको मञ्चले जनाएको छ । नेपाल ह्याण्डवल संघले २० हजार र बगर भाईखलक कास्की नेपालले १० हजार संघका अध्यक्ष तेजबहादुर गुरुङ, बगर भाईखलका अध्यक्ष दिलबहादुर गुरुङले उक्त रकम नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुयाँललाई विहीबार पोखरामा हस्तान्तरण गरेका हुन । भूकम्पमा परी मृत्यु भएका मकवानपुर खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन भोम्जन सहितका अन्य भूकम्प प्रभावितहरुको परिवारजनलाई सहयोग गर्ने उद्देश्यले उक्त कोष स्थापना गरिएको अध्यक्ष फुयाँलले बताए । उक्त कोषमा हालसम्म करिब ३ लाख रुपैयाँ भन्दा बढी संकलन भएको मञ्चले जनाएको छ । यसैबीच, नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीको आयोजना, मञ्च केन्द्र र नेपाल पत्रकार महासंघ कास्कीको समन्वयमा जिल्ला खेलकूद विकास समिति कास्की, पोखरा उपमहानगरपालिका कार्यालय र सहारा क्लवको आर्थिक सहयोगमा खेल पत्रकारिता सम्बन्धी दिन दिने तालिम बिहिबार सम्पन्न भएको तालिम संयोजक सन्देश श्रेष्ठले बताए । ४० जना खेलपत्रकार सहभागी तालिम समापन समारोहका प्रमुख अतिथि जिल्ला खेलकूद विकास समिति कास्कीका अध्यक्ष सुमन देवकोटा, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुयाँल, मञ्चका केन्द्रिय तालिम विभाग प्रमुख पवन आचार्यले लगायतले तालिममा सहभागिहरु लाई प्रमाणा–पत्र वितरण गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समितिका अध्यक्ष देवकोटाले तालिमसंगै पोखरामा सुरु भएका खेलगति विधिमा धेरै परिवर्तन आउने विश्वास व्यक्त गरे । उनले गल्फ लगायका अन्य खेलको रिपोटिङ गर्न फिल्डमै लगेर प्रशिक्षण गराउन आफूहरु तयार रहेको वचन दिएका छन । मञ्चका अध्यक्ष प्रेमनारायण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तालिममा सहभागी क्षमता खड्का र प्रलादचन्द्र घिमिरे, उपाध्यक्ष सन्देश श्रेष्ठले स्वागत तथा सचिव दिननाथ बरालले सञ्चालन गरेका थिए । नेपाल खेलकूद पत्रकार मञ्चका अध्यक्ष अजय फुयाँल, मञ्चका केन्द्रीय तालिम विभाग प्रमुख पवन आचार्य, महेश आचार्य, क्रिकेट खेल विषयमा देवेन्द्र सुवेदी तथा भलिबल खेल विषयमा डिबि नेपालीले सहजीकरण गरेका थिए ।
Post a Comment