0
 प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा विपत व्यवस्थापनका लागि बेग्लै मन्त्रालय आवश्यक रहेको महशुस गरेका छन् । भत्किएका सडक तथा बाटोघाटो तत्काल बनाउन स्थानीय प्रशासनलाई प्रधानमन्त्रीले निर्देशनसमेत दिए ।भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री कोइरालाले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री कोइरालाले विनाशकारी भूकम्पको केन्द्रविन्दू रहेको गोरखामा मंगलवार विहान प्रधान सेनापति गौरव शमसेर राणासँगै सैनिक हेलिकोप्टरमा पुगेका कोइरालाले विपत व्यवस्थापन सम्बन्धी मन्त्रालय आवश्यक देखिएको बताए ।करीव पौने एक घण्टा गोरखा सदरमुकाममा बसेका कोइरालाले अन्यत्र मुलुकमा विपत व्यवस्थापन सम्बन्धी अलग्गै मन्त्रालय हुने गरेको भन्दै नेपालमा पनि त्यस्तो निकाय आवश्यक देखिएको बताए ।प्रधानमन्त्री सुशील कोइरालाले सबै पार्टी एक भएर भूकम्पपीडितको समस्या समाधानमा जुट्ने र देशी/विदेशी दातृ निकायसँग हारगुहार गरेर भए पनि पर्याप्त राहत सामग्री वितरण गर्ने बताए ।उनले भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि सरकारले नीति ल्याउने जानकारी दिए । भत्किएका सडक तथा बाटोघाटो तत्काल बनाउन स्थानीय प्रशासनलाई प्रधानमन्त्रीले निर्देशनसमेत दिए ।
प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमेल्सेनाले विनाशकारी भूकम्पले गोरखामा अहिलेसम्म भएको जनधनको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । तिमल्सेनाले तत्कालका लागि २ अर्ब ६० करोड बजेट प्राप्त भए भत्किएका भौतिक संरचनाको पुनर्निर्माण गर्न सकिने बताए ।भूकम्प गएको १० दिनपछि सोमवार सिन्धुपाल्चोक सदरमुकाम चौतारा गएका प्रधानमन्त्री कोइराला त्यसको भोलिपल्ट गोरखा पुगेका हुन् । उनले दुवै सदरमुकाममा पुगेर छलफल गरे पनि भत्किएका घरहरुको अवलोकन भने गरेनन् ।प्रधानमन्त्री कोइराला सोमबार सिन्धुपाल्चोकका भूकम्प पीडितको अवस्था बुझ्न गएका थिए ।

Post a Comment

 
Top