0
बाग्लुङ क्षेत्रनम्बर १ मा शनिवार सम्पन्न उपनिर्वाचनको मतदान शान्ति पूर्णरुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ७० प्रतिशत भन्दा बढि मत खसेको अनुमान छ । बाग्लुङ क्षेत्र नम्बर १ मा ५२ हजार २ सय २ मतदाता छन् । करिब ३८ हजार बढीले मत खसालेको अनुमान रहेको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए ।
‘अहिले मतदान सकिएपछि मतपेटिका संकलनको काम भैरहेको छ । जिल्ला सदरमुकाम सहित ३५ वटा मतदान केन्द्रमा ७० बुथ तोकिएका थियो । मतपेटिका संकलन गरी सदरमुकाम पु¥याए पछि गणना सुरु हुने उनले बताए । मतदानमा विद्युतीय मेशिन प्रयोग गरिएकोले छिट्टै मतपरिणाम सार्वजनिक हुने उपाध्यायले बताए । आइतवार बिहानबाट मतगणना थालिने उनले बताए । यो उपनिर्वाचनमा मुख्यतः कांग्रेस, एमाले र एमाओवादीबीच प्रतिस्पर्धा देखिएको छ । कांग्रेसबाट चम्पा खड्का, एमालेबाट मनकुमारी केसी र एमाओवादीबाट कृष्ण केसीले प्रतिस्पर्धा गरेका छन् । तत्कालीन सभासद हरिवहादुर खड्काको जीप दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । राजनीतिक दलका १० र तीन स्वतन्त्र गरी १३ उम्मेदवार उपनिर्वाचनको मैदान उत्रिएका छन् । अघिल्लो निर्वाचनमा विजयी बनेका नेपाली काँग्रेसको तर्फबाट स्व. सभासद् हरिबहादुर खड्काकी श्रीमती चम्पादेवी खड्काउम्मेदवार रहेकी छन् । नेकपा एमालेबाट वैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसी उम्मेदवार रहेकी छन् । एकीकृत नेकपा माओवादीबाट कृष्णबहादुर केसी, राष्ट्रिय जनमोर्चाबाट नेत्रबहादुर बुढाथोकी, राप्रपा नेपाल र राप्रपाबाट साझा उम्मेदवारको रुपमा नवीनचन्द्र शर्वुजामगर, नेपाल परिवार दलको तर्फबाट बाबुराम शर्माले उम्मेदवार रहेका छन् । नेकपा मालेका तर्फबाट कुलबहादुर किसान, संघीय समाजवादीको तर्फबाट रेशम थापामगर, राष्ट्रवादी एकता पार्टीका तर्फबाट क्षेत्रप्रताप थापा र राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट रुकबहादुर पुर्जा उम्मदेवार रहेका छन् । त्यसै गरि स्वतन्त्र उम्मेदवारको रुपमा तुलसी थापा, नैना केसी र सरस्वती पन्त रहेका छन् । गत निर्वाचनमा नेपाली काँग्रेसका स्व. सभासद् हरिबहादुर खड्काले १३ हजार ५ सय मत प्राप्त गरी विजयी भएका थिए

Post a Comment

 
Top