0
एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका सहमति र सम्झौतालाई टेकेर संविधान निर्माण गर्ने ग्यारेन्टी भए आन्दोलनका सवै कार्यक्रम फिर्ता लिने बताएका छन् । दाहाल सेवा समाज कास्कीको ११औं साधारणसभाको आइतबार पोखरामा उद्घाटन गर्दै उनले १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमा भएको सहमति अनुसार संविधान निर्माणको ग्यारेन्टी भए आन्दोलनका कार्यक्रम फिर्ता लिने बताएका हुन् । ‘आजै बेलुका प्रधानमन्त्रीसंग मेरो छलफल छ, प्रधानमन्त्रीले विगतका सहमति, सम्झौता, अन्तरिम संविधानको भावना र मर्म अनुसार संविधान निर्माण गर्ने ग्यारेन्टी गरे बन्द हडताल लगायतका कार्यक्रम फिर्ता लिन्छांै ।’ उनले संविधान सभाका लागि जनयुद्ध र जनआन्दोलन भएको स्मरण गर्दै संविधान सभाबाट छिटो संविधान बन्नुपर्छ भन्नेमा कुनै दुईमत नभएको बताए । ३० दलीय मोर्चाका संयोजक समेत रहेका प्रचण्डले आन्दोलन रहर नभए बाध्यता भएको भन्दैै ३० दलीय मोर्चाको आन्दोलन शान्ति, संविधान र सहमतिका लागि भएको समेत बताए । ‘सहमति, शान्ति र सहकायकै लागि हाम्रो अभियान हो, संविधान बन्न नदिनका लागि हैन् ।’ उनले कस्तो संविधान बन्ने, संघीता अधिकार सम्पन्न प्रदेश हुने बारेमा १२ बुँदे सहमतीमा राखेका र सहमति भैसकेका कुरा भएको जानकारी दिए । संविधान सभाको लागि जसले योगदान ग¥यो उसैलाई पाखा लगाउने काम काँग्रेस र एमालेले गरिरहेको भन्दैै उनले छिटो भन्दा छिटो विगतका सम्झौता र भावना अनुसार संविधान बनोस भन्ने पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट पारे । अध्यक्ष प्रचण्डले दलहरु बीच सहमति असम्भव नभएको भन्दै आइतबार साँझ प्रधामन्त्रीसंग छलफल छ, सोमबार सम्म सहमति गरांै तर सहमति असम्भव छैन, त्यसका लागि दलहरुले दम्भ र अहंकार घटाए सहमति हुने विश्वास व्यक्त गरे ।

Post a Comment

 
Top