पोखरा हङकङ बजारले आफ्नो स्थापनाको दोस्रो वर्ष पुरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको छ । करिब ४ सय जना व्यवसायीका स्टल रहेको हङकङ बजार पोखराको पृथ्वीचोक तथा आसपासका वासिन्दाहरुका लागि तरकारीको मुख्य बजारको रुपमा स्थापित छ । हङकङ बजारमा तरकारीका साथै कपडा र अन्य उपभोग्य सामाग्रीहरु समेत पाइने हङकङ बजारका प्रवन्ध निर्देशक मिलन तिवारीले गोल्डेन न्यूज दैनिकलाई दिए । साना व्यवसायीहरुको सहभागिता रहेको हङकङ बजारमा १० करोड रुपैयाँ बढीको सामान विक्रीका लागि राखिएको स्थानीय व्यवसायीको अनुमान छ । नयाँवर्ष–२०७२ को पहिलो दिन हङकङ बजारको तेस्रो वार्षिकोत्सव तथा नयाँवर्षको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले व्यवसायको प्रवद्र्धनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउदै साना व्यवसायीहरुलाई उद्योग वाणिज्य संघमा सामूहिक सदस्यताको व्यवस्थाका लागि पहल गरिने बताए । पोखरा हङकङ बजार संचालक समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले गुणस्तरीय सामान सुपथ मूल्यमा विक्री गर्न सके असल व्यवसायी बन्न सकिने र आर्थिक उन्नति समेत हुन सक्ने बताए । कार्यक्रममा कृषि समाग्री संस्थान लिमिटेड पोखरा कार्यालय प्रमुख शालिकराम वाग्ले, हङकङ बजार व्यवस्थापन समितिका संरक्षक राजकुमार सुवेदी, सस्तो बजारका शिव खनाल, जिफन्ट गण्डकी अञ्चल उपाध्यक्ष रुद्र खत्रीका साथै हङकङ बजारका व्यवसायीहरु खलिल मिया, वसन्ती गुरुङ र काशी पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको अध्यक्षता पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष दीलिप सुनारले गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment