सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संचालक समितिको तर्फबाट बैकका अध्यक्ष सुरेन्द्र बहादुर भारीजुले बार्षिक प्रतिबेदन प्रस्तुत गरि सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बांडफांड तथा बित्तीय विवरण प्रस्तुत गरी पारित गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।
सभाले नेपाल राष्ट्र बैंकले स्वीकृती गरेको आ.ब.०७०÷०७१ खुद नाफा मध्येबाट चुक्ता पूंजीको १५ प्रतिशत बोनस शेयर तथा ६.३० प्रतिशत (कर सहित) नगद लाभांस सो पारित गरेको छ । चालु आ.ब. २०७१ साल पौष मसान्त सम्म आफ्ना २५ वटा शाखाहरु मार्फत यस विकास बैंकले रु.७ अर्ब निक्षेप संकलन, रु. ६ अर्ब कर्जा प्रवाह गरि रु.७ करोड ६७ लाख खुद मुनाफा आर्जन गरेको बैकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
यसअघि २०७१÷११÷०१ गते आफ्नो २६ औ शाखा चितवनको पर्यटकीय क्षेत्र टांडीको सौराहा चोकमा संचालनमा ल्याई सकेको छ, भने थप ४ वटा शाखाहरु जुम्ला, बर्दि्रयाको गुलरिया, पूर्वाञ्चलको ईटहरी र ललितपुरको इमाडोलमा संचालनको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृती समेत प्राप्त भई सकेको बताइएको छ ।
आफ्नै ९ वटा एटीएम सहित ग्राहकलाई अत्याधुनिक मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैकिङ्ग सेवा लगायत ए.बि.बि.एस. सेवा, तथा क्षेत्रीय कार्यालय न्यूरोड पोखरा र लकर सेवा, सुनचांदी धितो कर्जा सेवा, ३६५ दिन बैंकिङ्ग सेवा र सन्ध्याकालिन काउन्टर सेवा समेत प्रदान गर्दै आईरहेको बताइएको छ । बैंकका झण्डै १ लाख २० हजार ग्राहक संख्या रहेका छन भने पोखराको न्यूरोड, दुलेगौंडा तनहुं, बाग्लुङ तथा अमरापुरी नवलपरासी लगायतका शाखा कार्यालयहरुबाट अति विपन्न वर्गका ब्यक्तिहरुलाई सामुहिक जमानीको आधारमा बिना धितो लघुबित्त कर्जा समेत प्रदान गर्दै आईरहेको यो बैंक साविक सांग्रिला डेभलपमेन्ट बैंक लि.पोखरा र बागेश्वरी डेभलपमेन्ट बैंक लि.नेपालगन्ज एक आपसमा गाभिई राष्ट्रिय स्तरको विकास बैंक भएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

Post a Comment