भूकम्पका कारण
सबैभन्दा बढी प्रभावित भएको सिन्धुपाल्चोकमा मरेका पुश चौपायाका कारण
महामारी फैलन सक्ने आशङ्का बढेर गएको छ । राजधानीलाई बढीभन्दा बढी दूध तथा मासु आपूर्ति गर्ने
सो जिल्लाका पहाडी क्षेत्रका किसानले पालेका पशु चौपाया मरेका कारण महामारी
फैलने सम्भावना बढेर गएको हो । स्थानीयले दिएको जानकारीअनुसार भूकम्पका कारण सो
जिल्लामा करिब दुई लाखभन्दा बढी पशु चौपाया मरेका छन् । यसको आधिकारिक
पुष्टि गर्न नसकिए पनि जिल्लाको अधिकांश घर परिवारलाई आर्थिक रुपमा सबल
बनाउने पशुपालन व्यवसाय चौपट भएको छ । भूकम्पले दिएको पीडा, जनधनको क्षतिसँगै आफूले घरमा
पालेका पशु चौपायाको विनाशले किसान थप मर्माहत भएका छन् । मानवीय क्षतिले
एकातिर बिर्सनै नसकिने पीडा दिएको छ भने अर्कोतिर आर्थिक उपार्जनको बाटो
खोसिएकामा उनीहरु थप पीडित बनेका छन् । पशु चौपायाको निधनले गाउँमा महामारी फैलने सङ्केतहरु
गाउँमा देखिन थालेका छन् । गन्ध फैलन थालेको छ भने व्यवस्थित रुपमा मरेका
पशुको व्यवस्थापन हुन नसक्दा थप सङ्क्रमण फैलने अवस्था देखिएको छ । सिन्धुपाल्चोक थुम्का गाउँ खतिवडा टोलका तारानाथ
खतिवडा आफ्नो थातथलो गुमेको भन्दा पनि पशु चौपाया प्राकृतिक विपत्तिले
लगिदिएकामा बढी चिन्तित हुनुहुन्छ । दुग्ध व्यवसायका लागि उहाँले तीनवटा
भैँसी पाल्नुभएको थियो । तीनवटा भँैसी एक दर्जन बाख्रा, खसी पनि मरेका छन् ।
घर भत्केको छ, हालसम्म कुनै पनि राहत सामग्री आइपुगेको छैन । कुनै पनि सरकारी निकाय हालसम्म तथ्याङ्क सङ्कलनका
लागिसमेत पुगेका छैनन् । सोही टोलका डिल्ली खतिवडा भन्नुहुन्छ– “गाउँमा
रहेका २० घर नै गुमेका छन् । चार जनाको त मानवीय क्षति नै भएको छ । सो
गाउँमा मात्र २०० भन्दा बढी पशु चौपाया मरेका छन् ।” घर बाँस नै उठेपछि आर्थिक उपार्जनको बाटोसमेत
खोसिएकामा गहभरी आँसु पार्दै स्थानीय मिनप्रसाद खतिवडाले रासससँग भन्नुभयो,
“मरेका पशु चौपायाको व्यवस्थापन गर्न नसक्दा गाउँमा नै सङ्क्रमण फैलन
सक्ने अवस्था देखिएको छ । नियन्त्रणका लागि कुनै पनि सरकारी प्रयास भएको
छैन । हाम्रो त भाग्य र भविश्य नै लुटियो नि हजुर ।” सिन्धुपाल्चोक थकनीका कृष्णप्रसाद खनालको पनि भूकम्पले
थातथलोसँगै पशु चौपायाको सर्वनाश गरिदिएको छ । “यस्तो विपत्ति त शत्रुलाई
पनि नपरोस्” रुँदै खनालले भन्नुभयो, “घर बाँस उठ्यो, पशु चौपाया खोसियो,
दुग्ध व्यवसाय पनि पाँच वर्ष पछाडि धकेलियो ।” भोटेचौरका कृष्णबहादुर तामाङ भग्नावशेषमा परिणत भएको
घर तथा गोठ सम्हाल्दै हुनुहुन्थ्यो । उहाँको परिवारलाई भूकम्पले ल्याइदिएको
पीडा शब्दमा उतार्न सकिने खालको छैन । चार जनाको प्राण खोसेको र पशु
चौपायासमेत मारिदिएको भूकम्परुपी विनाशले तामाङ परिवारको भाग्य र
भविश्यसमेत खोसिदिएको छ । उहाँको भैँसी, बाख्रा, कुखुरालगायत पशु मरेका छन्
। भोटेचौरका जीवन तामाङलाई पनि भूकम्पले विपत्तिमात्रै
ल्याइदिएको छैन गरिखाने पशु चौपाया पनि मारिदिएको छ । मरेका पशु चौपायाको
सत्गत हुन नसक्दा गाउँमा दुगन्र्ध फैलिएको छ । महामारी फैलेला कि भन्ने
सन्त्रास पनि बढेको छ । स्थानीय जोतिष टोलका दिपेश नेपालीको दुई छोरीलाई
भूकम्पले लुटेर लग्यो भने पाहुना आएका दुई जनाको पनि ऐया भन्न नपाउँदै
प्राण पखेरु उड्यो । नेपालीले पालेको चौपाया पनि विपत्तिको मारमा प¥यो ।
मानिसमा सन्त्राश छ, के गर्ने कसो गर्ने कुनै भेउ पाएका छैनन् । सरकार र सरकारी संयन्त्रको प्रतिक्षामा रहेका
सिन्धुपाल्चोकका नागरिक बस्ने बाँस खोसिएकामा जति पीडित बनेका छन्
त्योभन्दा बढी पीडा मानवीय क्षतिले दिएको छ । त्योभन्दा बढी पीडा उनीहरुलाई
गरिखाने मेसो खोसिएकामा छ । जस्तै भए पनि विपत्तिलाई सहन गर्नैपर्ने बाध्यतामा
रहेका काठमाडौँको उत्तर पूर्वी क्षेत्र र सिन्धुपाल्चोकका उत्तरी क्षेत्रका
बासिन्दा मरेका पशु चौपायाको व्यवस्थित विर्सजन होस् भन्ने चाहन्छन् ।
बस्नलाई एक थान त्रिपाल त उनीहरुको सामान्य माग छ त्योभन्दा ठूलो माग दूध
बेच्ने भैँसी मरेकामा रहेको छ । रासस (तस्बिर उपलब्ध छ)
Subscribe to:
Post Comments (Atom)
Post a Comment