0
पिछडिएका महिलाहरुको उत्थानमा समर्पित ११ वर्षदेखि सकृय शुभकामना महिला विकास केन्द्रले रक्तदान गरेको छ । केन्द्रले ११ औं वार्षिकोत्सव पारी आयोजना गरेको कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै डा.उज्वल कोइरालाले रक्तदान गर्दा मानिस स्वस्थ रहने र मानवीय सेवामा सहयोग पुग्ने बताए ।
शुभकामना महिला विकास केन्द्रका अध्यक्ष राधिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरु गणेश छवि, पदम कुमार माकाजु, कृष्ण थापा, रक्त संचार केन्द्रका प्राविधिक अर्जुन ज्ञवाली, सराङकोट संचार सहकारीका व्यवस्थापक सुरेन्द्र थापा, सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष गोमा कोइराला सुबेदी, पत्रकार कमल पौडेल अथक, केन्द्रका उपाध्यक्ष भवानी माकाजु, सचिव निर्मला लामिछाने, कार्यक्रम संयोजक सविता पराजुली लगायतले आ–आफ्नो धारणा राखेका थिए । केन्द्रले स्थापनादेखि महिलाहरुको नेतृत्व विकास सीप मूलक कार्यक्रम, शिक्षा, स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्दै आएको छ । संस्थामा पोखरा क्षेत्रका महिलाहरुको सहभागिता रहेको छ ।

Post a Comment

 
Top