0
पोखरा उद्योग वाणिज्य संघले बन्द र हड्तालका कार्यक्रम फिर्ता लिन ३० दलीय मोर्चासँग आग्रह गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै संघ सहमतिमा संविधान जारी हुनुपर्छ भन्ने मान्यताको विरुद्ध नभए पनि सहमतिकै लागि दवाब दिन आयोजना गरिएको भनिएको बन्द र हड्तालको विपक्षमा रहेको स्पष्ट पारेको छ । संघका महासचिव रवीन्द्र बहादुर प्रजुद्वारा जारी विज्ञप्तिमा बन्द सधैँको लागि बन्द हुनुपर्छ भन्ने मान्यतामा सैद्धान्तिक सहमति जनाएका दलहरुलाई हामी आफ्नो प्रतिवद्धता स्मरण गर्न र असहमति जायर गर्दा बन्दको विकल्प खोज्न आग्रह गर्दै आम नागरिकलाई स्वतन्त्रतापूर्वक ब्यवसाय गर्न पाउने अधिकारबाट बञ्चित नगराउन माग गरिएको छ । विज्ञप्तिमा देशका उद्योग व्यवसायको स्थिति खस्कँदै गएको, रोजगारीका अवसरहरु सृजना हुन नसक्दा दैनिक १ हजार ५ सयको हाराहारीमा नेपाली युवाहरु सस्तो श्रमका लागि विदेशिन बाध्य भएको तथ्यप्रति ध्यान दिन आग्रह समेत गरिएको छ ।

Post a Comment

 
Top