0

मेष ः     यो वर्ष ग्रहहरु राम्रा रहनेछैनन्, अढैया शनिले अनावश्यक दुःख दिन सक्नेछ भने राहु ग्रहले व्यवसायबाट उचित लाभ पाइनेछ, आगामी आषाढ २४ गतेदेखि मंसिर २८ सम्म नविन कार्यको थालनी हने योग छ
वृष ः     यो वर्ष ग्रहहरु सामान्यतया राम्रा छन्, आत्मबल बढ्ने, सोचे अनुरुप काम हुने, पशुचौपायबाट लाभ पाइनेछ, मंसिर २९ गतेदेखि माघ १७ गतेसम्मको समय विशेष प्रकारको शुभ रहनेछ ।
मिथुन ः     यो वर्षका ग्रहहरु सामान्य रहनेछन्, शत्रुमाति जीत, व्यवसाय परिवर्तनको चाहना हुने तर सोचे अनुरुप नहुने, केतु मजबूत हुँदा सरकारी पदोन्नति एवं सम्मान मिल्ने, वृहस्पति ग्रह मजबूत भएको हुँदा शिक्षा क्षेत्रमा उच्च सफलता मिल्नेछ ।
कर्कट ः     यो वर्ष ग्रहहरु मध्यम अवस्थामा रहेका छन् । शनिग्रहका कारण परिवार तथा समाजमा अशान्ति, शैक्षिक एवं वौद्धिक क्षेत्रमा अवरोध, केतु ग्रहका कारण स्वास्थ्य सम्बन्धी रोग बढ्ने्, जुनसुकै काममा विचार पुररयाउनुपर्नेछ ।
सिंह   ः     यो वर्ष ग्रहहरु सन्तोषजनक अवस्थामा छैनन् । चौथो अढैया शनिका कारण मानसिक अशान्ति, अनावश्यक कार्यमा लगानी, राज्य पक्षले दुःख दिने, स्वरोजगारमा समेत तनाव, पारिवारिमा विचलन समेत आउन सक्ने देखिन्छ ।
कन्या ः     यो वर्ष ग्रहहरु अधिक राम्रा छन् । मित्र तथा आत्मीयजनको सहयोग, तृतीय शनि ग्रहले बल, बुद्धि र पराक्रम बढाउनेछ भने प्रथम राहु र सातौं केतु ग्रहका कारण शारीरिक कष्ट हुनसक्ने देखिन्छ, परिवारका सदस्य समेत बिरामी पर्नेछन् । 
तुला ः     यो वर्ष ग्रहहरु सामान्य नाराम्रा छन् । शनिको अन्त्य साढेसाती ग्रहका कारण पशुचौपायबाट हानी, नोक्सानी, आर्थिक अभावले नयाँ काममा अवरोध, नयाँ खालको रोगले सताउनेछ भने दशौं वृहस्पतिका कारण कृषि पेशाबाट मनग्य आम्दानी हुनेछ ।
वृश्चिक ः यो वर्षको ग्रहहरु सामान्यतया मध्यम छन् । शनिको मध्य साढेसाती ग्रहका कारण झुट्टा आरोप लाग्ने, आत्मीयजनमा वैरभाव, व्यवसायमा घाटा हुने,माघ महिनादेखि चौथो केतुका कारण पेटरोगले सताउने र वृहस्पति ग्रहले धार्मिक सफलता मिल्नेछ ।
धनु ः      यो वर्षका ग्हहरु सामान्य मध्यम छन् । शनिग्रहको आद्य शाढेसातिका कारण प्राकृतिक प्रकोपले सताउने, अनावश्यक कार्यमा ठूलो धनराशि खर्च हुने, पारिवारिक समस्या आउनेछ भने मंसिरदेखि केही सुधार हुँदै जाने देखिएको छ ।
मकर ः     यो वर्ष ग्रहहरु सामान्यतथा सन्तोषजनक छन् । मानप्रतिष्ठा, सम्मान शौभाग्य प्राप्ति हुने, एघारौं शनि ग्रहले उत्साह थप्ने, कार्यसफलता मिल्नेछ । माघ महिनादेखि आठौं राहुले स्वास्थ्यमा खराबी गराउनेछ भने आषाढदेखि सातौं वृहस्पतिले दाम्पत्य जीवन सुखमय बनाउनेछ तर वैदेशिक कार्य अधुरा हुनेछ ।  
कुम्भ ः     यो वर्ष ग्रहहरु सामान्य मध्यम छन्, पारिवारिक सुखशान्ति, नयाँ गृहारम्भ हुनेछ, कृषिबाट आंशिक लाभ, दशौं शनिका कारण सरकारी काममा अवरोध, वृहस्पति ग्रह अनुकुल भएका कारण शैक्षिक एवं साहित्यिक क्षेत्रमा सफलता मिल्ने तर लेनदेन र यात्रामा सजग हुनुपर्ने, छ ।
मीन ः यो वर्षका ग्रहहरु उत्तम छन्, धन, यश, प्रतिष्ठा प्राप्त हुनेछन्, आफ्नो व्यवसायबाट उच्चतम लाभ मिल्नेछ, माघ महिनादेखि केतुका कारण अनावश्यक टाढाको भ्रमण, मानसिक अशान्ति हुनेछ, आषाढ २३ गतेबाट पाचौं वृहस्पति ग्रहले पठनपाठन तथा वौद्धिक क्षेत्रबाट महत्वपूर्ण सफलता मिलाउनेछ । 

अन्तमा नव वर्ष २०७२ सालको पावन अवसरमा समस्त ज्योतिष प्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, संवृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछु ।

राशिफल लेखक–युवा ज्योतिषी ः हरि पन्त, मोवाइल नं. ९८४६१४७३६९

Post a Comment

 
Top