0
स्थानीय निकाय, विकास निर्माण र जनसंचार लगायत विभिन्न क्षेत्रमा रहेर महत्वपूर्ण योगदान गरेका व्यक्तित्वहरुलाई दिइने सम्मान पोखरा उप–महानगरपालिकाका लेखा शाखा प्रमुख तोरण कुँवरले पनि प्राप्त गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीसहित ४८ जनालाई सम्मानपत्र सहित अर्वाड प्रदान गरिएको थियो । टिभि टुडे टेलिभिजन च्यानल र स्टार मिडिया नेटवर्कले प्रदान गर्ने पाचौं राष्ट्रिय स्थानीय विकास अर्वाडबाट कुँवर सहित अन्यलाई सम्मान गरिएको हो । प्रधानमन्त्री सुशिल कोइराला, उप–प्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल समेतले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र, अर्वाड र खादा लगाएका थिए । सम्मान पाउनेहरुमा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव सुरेश अधिकारी, स्याङ्जाका स्थानीय विकास अधिकारी पुण्य विक्रम पोडेल, सहरी विकास विभागका उप–महानिर्देशक रमेशप्रसाद सिंह लगायत वन, शिक्षा, स्वास्थ्य, सिंचाई, जिविस, नगरपालिकामा कार्यरत कर्मचारी एवं केही जिी क्षेत्रसंग सम्बन्धित व्यक्तिवहरु समेत रहेको टिभि टुडे टेलिभिजनकी साधना गौतमले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन । कार्यक्रम संस्थाका अध्यक्षक जनक पन्तको अध्यक्षतामा भएको थियो ।

Post a Comment

 
Top