टिम अर्गनाईजिङ्ग लोकल ईन्स्टिच्यूसन टोलीले लेखनाथ नगरपालिका भित्रका ५४ जना बालश्रमिकलाई आफ्नै परिवारमा फर्काएको छ । २०६८ सालदेखि नगरमा बाल संरक्षण तथा बाल श्रम न्यूनिकरण कार्यक्रम संचालन गरेको टोलीले ३ वर्षको अवधिमा ती बालश्रमिकहरुलाई परिवारमा फर्काएको हो । यो कार्यक्रमले अहिलेसम्म हासिल गरेको उपलब्धि र आईपरेका चुनौतीका बारेमा समिक्षा गर्न तथा सरोकारवालाहरुको समन्वय बैठकका लागि पोखरामा भएको कार्यक्रममा टोलीका कार्यक्रम संयोजक काशी गुरुङ्गले अहिलेसम्म २ सय ९७ जना बालश्रमिक पहिचान गरिएको समेत जानकारी दिए । उनका अनुसार टोलीले यो अवधिमा १५ जनालाई श्रमबाट निकालेको छ भने ६५ जनालाई शैक्षिक र ३६ जनालाई आयआर्जनमा सहयोग गरेको छ । यसैगरि २३ जनालाई सिपमूलक तालिम दिनुका साथै ४ जनालाई बालगृहमा र ३ जनालाई सिपमूलक तालिमका लागि रिफर गरिएको कार्यक्रम संयोजक गुरुङ्गले बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment