0
 नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीसँग आवद्धता रहेको उपशाखा १०, ११ ले लोकतन्त्र दिवस २०७२ को अवसरमा एक समारोहका बीच चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । उपशाखा १०, ११ को हातेमालो कार्यक्रम २०७२ अन्तरगत २०७२ सालमा २ वटा उपशाखाको भवन निर्माणमा सहयोग गर्ने उद्देश्य अनुरुप नेपाल रेडक्रस सोसाइटी उपशाखा १२, १३ लाई भवन निर्माणमा थप सहयोगको लागि रु.५ हजार १ रुपैयाँ सहयोग गरेको उपशाखा १०, ११ का कोषाध्यक्ष सीता तिमिल्सिनाले बताए । १०, ११ का सहकोषाध्यक्ष जीवन श्रेष्ठले समेत भवन निर्माणमा थप सहयोग रु.५ सय १ रुपैयाँ सहयोग गरेको कार्यक्रममा उपशाखा १०, ११ को समेत ततला थप गर्ने कार्य लोकतन्त्र दिवसको अवसरमा शुभारम्भ गरेकोमा उपशाखा १०, ११ का आजीवन सदस्य एवम् स्वास्थ्य शिविर संयोजक नरहरि पनेरुले रु.२५ हजार १ सय २५ रुपैयाँ सहयोग प्रदान गरेका कार्यक्रममा नेरेसो जिल्ला शाखा कास्कीका सदस्य तथा उपशाखा १०,११ का समन्वयकर्ता सूर्य प्रसाद तिवारी, उपशाखा ११, १२ का सभापति सूर्यप्रसाद आचार्य, उपशाखा १०, ११ का उपसभापति गंगा कुँवर लगायतका वक्ताहरुले उपशाखा १०, ११ ले गरेका मानवीय सेवाका कार्यमा अन्य उपशाखाले समेत सिक्नुपर्ने बताए । कार्यक्रमा उपशाखा १०, ११ का समन्वयकर्ता सूर्यप्रसाद ढकाल र उपशाखा १२,१३ का सभापति सूर्यप्रसाद आचार्यलाई मायाको चिनो स्वरुप उपशाखा १०, ११ लेखिएको टोपी प्रसदान गरिएको उक्त कार्यक्रममा उपशाखा १०, ११ को व्यवस्थापन, महिला उपसमितिको आयोजना, कृस्ति नाच्नेचौर उपशाखा र उपस्वास्थ्यचौकी कृस्तिको सहयोग र जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको विशेष सहयोगमा २०७२ बैशाख १९ गते रेडक्रसको स्वर्ण महोत्सवको अवसरमा बृहत महिला पाठेघर निःशुल्क स्वास्थ्य शिविर संचालन गर्नु जानकारी कार्यक्रम संयोजक नरहरि पनेरुले दिए । उपशाखा १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सूर्यबहादुरले गरेका थिए ।

Post a Comment

 
Top