0
पोखरा, २८ चैत/
कास्की जिल्लामा भएको सुचना प्रविधिको विकासका भएको बारेमा यूएनडीपीको नेपालका कन्ट्री डाइरेक्टरले अनुगमन गरेका छन् । यू.एन.डी.पी. नेपालका कन्ट्री डाइरेक्टर रेनो मेअर लगायतका उच्च अधिकारीहरुले जिल्ला विकास समिति कास्कीमा प्रविधिको विकासका बारेमा छलफल गरेका थिए ।
यूनडिपी प्रमुख मेअर लगायत अन्य अधिकारीहरुले विशेषतः स्थानीय सरकारको बजेटमा बिभिन्न क्षेत्रको अंश, जिविकोपार्जनका मूख्य क्षेत्रहरु, एलजिसिडिपीका उपलब्धिहरुको दिगोपनाका लागि स्थानीय सरकारको योजना, सामाजिक समावेशीकरण, वातावरण, बालबालिका, एच आइभी एडस, सूचना, संचार र प्रबिधिका स्थानीय आवश्यकताहरुका बारेमा जिज्ञासा राखेका थिए ।
छलफलमा स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले अख्तियारी प्राप्त हुने र बजेट निकासा प्रक्रियामा ढिलाइ भए पनि स्थानीय सरकारले सिमित साधन र श्रोतलाई परिचालन गरि काम गर्दै आएको बताएका थिए । उनले स्थानिय शासन तथा सामुदायिक कार्यक्रमले निकै सधाउ पुगेको बताउदै कार्यक्रमहरु थप हुदै गएका अझ बढि काम अगाडी बढाउन सकिने बताए ।
कार्यक्रममा युनडिपी नेपाल प्रमुख मेअरले आगामी दिनमा नेपाल सरकारलाई सरकारले पहिचान गरेका आवश्यकताका क्षेत्रमा सहयोग निरन्तर हुने बताए । कार्यक्रममा प्रमुख जिल्ला इन्जिनियर नारायण श्रेष्ठ, जिविस अधिकृतहरु एलजीसीडीपी क्षेत्रीय समन्वय इकाइ पोखराका प्रमुख सरोज श्रेष्ठ लगाएतले क्षेत्रगत विज्ञहरुले प्रष्ट पारेका थिए । कार्यक्रमको संचालन जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत अर्जून न्यौपानेले गरेका थिए ।

Post a Comment

 
Top