चैत्र २३, २०७१
पोखरा २३ चैत ।पोखरामा फेरि दुई बालिका
बलात्कृत भएका छन् । ६ र ७ वर्षका वालिकालाई बलात्कार गरेको भन्दै
छिमेकीहरुले प्रहरीलाई खबर गरेपछि वाग्लुङ, वुर्तीवाङ–१ का भवन्ते विकलाई
प्रहरीले पक्राउ गरेको छ ।आइतबार साँझ ६ः३० बजे पोखराको एक टोलमा दुई
वालिकामाथि भवन्तेले बलात्कार गरेका थिए । घर नजिकै खेलीरहेका बालिकाहरुलाई
मिठाई र मोवाइल खेलाउन दिएर भवन्तेले आफ्नो भतिजाको कोठामा लगेका थिए ।
पाहुनाका रुपमा केही दिन अघि पोखरा आएका भवन्तेले गरेको गलत हर्कत आफ्ना
बच्चाहरु कहीं नदेखे पछि खोज्दै गरेका आफन्तहरुले प्रत्यक्ष देखेपछि
प्रहरीलाई खबर गरेका थिए ।
एउटी बालिकालाई बलात्कार गरी सकेपछि अर्की बालिकामाथि जाँदा उनी रुँदै
चिच्याउँदै कोठा बाहिर निस्किदाँ खोज्दै गरेका आफन्तहरुले भेट्टाएका थिए ।
आफन्तहरुले बालिकाको कपडा खोलिएको र संवेदनशिल अंग सुन्निएको अवस्थामा
देखेपछि भित्र हेर्दा अर्की बालिकालाई अभिभावकहरुले भेट्टाएका थिए ।
जवरजस्ती करणी गरिएका बालिकाहरुको स्वास्थ्य बिग्रिएको छ । ती बालिकाहरु
ज्वरो आउने र आत्तिने गरेका छन् । ती बालिकालाई स्वास्थ्य परिक्षण र
उपचारका लागि प्रहरीको सहयोगमा अस्पताल पु¥याएकोछ । यस घटनाका विषयमा
प्रहरीले केही पनि बताउन चाहेको छैन ।
अन्दाजी ४० बर्षका भवन्ते विक पोखरामा सटर
लिएर जुत्ता सिलाउँदै आएका भतिजाको कोठामा पाहुनाको रुपमा आएका थिए ।
परिवार समेत भएका भवन्तेले गरेको कुकर्मका कारण स्थानीयवासीहरु आक्रोशित
हुँदै हातपात गरेका थिए । उनीहरुले जिउँदै जलाउनु पर्ने भन्दै भवन्तेमाथि
जाई लागेपछि बलात्कारीलाई जोगाउन प्रहरीलाई हम्मे–हम्मे परेको थियो
।बलात्कृत भएका ती बालिका मध्ये १ जना बालिकाका आमा बाबा दुवै विदेशमा छन् ।
अभिभावकको रुपमा बुढी हजरआमासँग बस्दै आएकी ती नातिनीमाथि यस्तो जघन्य
अपराध भएपछि सारा स्थानीयवासीहरु उल्टिएर भवन्तेमाथि खनिएका थिए । त्यसैगरी
अर्को बालिकाको भने आफ्ना बाबाआमासँगै बस्दै आएकी थिइन् ।
पोखरामा केही महिनायता बलात्कारका घटनाहरु बढ्न थालेका छन् । पछिल्लो
समयमा भएका बलात्कारका घटनामा बालिका र किशोरी पीडित भएका छन् ।
बालबालिकाको क्षेत्रमा सञ्चालित एनजिओ र आइएनजिओले कागजी रुपमा यस्ता
मुद्दाहरु उठाएर डलर पचाए पनि राज्यको जिम्मेवार निकायहरुले सचेतना जगाउने
अभियान शुरु गर्नुपर्ने अवस्था कास्कीमा देखिएको छ । केवल प्रचारमूखी
कार्यक्रमभन्दा पनि प्रभावकारीमूखी कार्यक्रम र जागरण अभियानको खाँचो
कास्कीमा देखिएको छ ।
लुम्ले गाविसमा १६ वर्षकी किशोरीमाथि
पटक–पटक यौन शोषण गर्दै ६ महिनाको बच्चा भएको अवस्था छ । अर्को अर्मलामा
आफ्नै १४ वर्षकी छात्रालाई पटक–पटक बलात्कार गरेर घटना लुकाउन २० लाख
रुपैयाँसम्मको चलखेल भइरहेको छ । त्यसैगरी चार वर्षीय बालिकालाई करणी गर्ने
५९ बर्षका जीतबहादुर पाठक यतिबेला प्रहरी खोरमा छन् । भरतपोखरी गाविस–१
हाल लेखनाथ नगरपालिका वडा नं। १६ का पाठकले पनि ललाई–फकाई बालिकालाई
बलात्कार गरेका थिए । बलात्कारीलाई कडा भन्दा कडा कानुन नबनाएसम्म यस्ता
अपराधको अन्त्य सम्भव छैन ।
डन न्यूज दैनिकले प्रकाशित समाचार
Post a Comment