पोखराको वसुन्धरा पार्कमा यही चैत २८ देखि वैशाख २ गतेसम्म आयोजना हुने १२ औं फेवा नव वर्ष महोत्सबमा सहभागी हुन देशविदेशबाट पर्यटकहरुले जिज्ञासा राख्न थालेको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ । महोत्सवका आकर्षण, पोखराका पर्यटकीय प्याकेज, महोत्सवमा प्रदान गरिने छुट र घुमघामका तरिकाबारे पर्यटकले जिज्ञासा राखेका संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । महोत्सवलाई सफल बनाउन आयोजक समिति अन्तर्गत गठित विभिन्न उपसमितिहरुले तीव्र रुपमा काम अगाडि बढाइरहेका छन् । पछिल्लोपटक कास्कीको लेखनाथ नगरपालिका स्थित वेगनास ताल किनारमा महोत्सवलाई कसरी सफल बनाउन सकिन्छ भन्ने बारेमा छलफल कार्यक्रम आयोजना गरिएको सो कार्यक्रमका व्यवस्थापकीय संयोजक हेमराज पहारीले जानकारी दिए । महोत्सवको तयारी करिव अन्तिम चरणमा पुग्न लागेको संघले जनाएको छ । महोत्सवमा सहभागी हुनका लागि संघले व्यापारिक स्टलहरुको बुकिङ खुल्ला गरिसकेको संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पर्यटक दौडमा सहभागी गराउनका लागि पर्यटकको नाम संकलन कार्य पनि अगाडि बढिरहेको छ । महोत्सवको अवसरमा फेवातालमा संस्थागत डुंगा दौड समेत आयोजना गरिने भएको छ । आमा समूहहरु बीच नृत्य प्रतियोगिता र गृहिणी नृत्य प्रतियोगिता पनि महोत्सवमा समावेश हुने छन् । महोत्सवमा देशविदेशका खानाका स्वादिष्ट परिकारहरु, राष्टिूय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, ख्यातिप्राप्त कलाकारबाट पप कन्सर्ट, लोकदोहोरी गीत प्रतियोगिता, भजन चुड्का प्रतियोगिता समावेश हुने महोत्सवका संयोजक लक्ष्मण सुबेदीले जानकारी दिए ।
यसैगरी आमा समूहहरुबीच नृत्य प्रतियोगिता, हांस्यव्यंग्यका कार्यक्रम, पर्यटक दौड प्रतियोगिता, संस्थागत डुंगा दौड प्रतियोगिता, बाल उद्यान र विभिन्न व्यावसायिक स्टलहरुको आकर्षण समेत महोत्सवमा समेटिने छन् । महोत्सव अघि यही चैत २६ गते फेवा तालको किनार र तालमा सरसफाई कार्यक्रम अगाडि बढाइने छ । महोत्सव पछि पनि त्यस्तो कार्यक्रम गरिने संघले जनाएको छ । फेवा तालको संरक्षणको लागि संघले डुंगा र कर्मचारी नै खटाएर काम गर्दै आएको छ । फेवा तालको संरक्षण गरौं, नेपाली संस्कृतिको संरक्षण गरौं भन्दै पर्यटन, संस्कृति र खानाको पाटोलाई केन्द्रमा राखी संघले यो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवको अवसरमा चैत ३० र वैशाख १ गते लेकसाइडमा सडक महोत्सव समेत आयोजना गरिने छ । महोत्सवको प्रायोजकमा गोर्खा ब्रुअरीको कार्लसवर्ग वियर र प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ । महोत्सवलाई जिल्ला प्रासाशन कार्यालय कास्की, पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका नगरविकास समिति, डव्लुडल्लुएफ हरियो बन नेपाल कार्यक्रम, बर्जर पेन्ट्स, बोटलर्स नेपाल, अजवको आइसक्रिम, कोकाकोला र नेपाल टेलिकमले सघाएका छन् ।

Post a Comment