लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीको निर्वाचनबाट लायन वर्ष २०१५÷१६ का लागी अध्यक्षमा लायन कमल बस्नेतलाई चयन गरिएको छ । हालै सम्पन्न निर्वाचनबाट अध्यक्षमा बस्नेतलाई चयन गरिएको हो । त्यसैगरी निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, प्रथम उपाध्यक्ष जयन्द्र राजभण्डारी, द्धितिय उपाध्यक्ष शान्त बहादुर थापा, तृतिय उपाध्यक्षमा कमल प्रधान, सचिवमा शुक बहादुर गुरुङ, कोषाध्यक्ष प्रमेश्वर कार्की, सह सचिव लालकाजी गुरुङ, सह कोषाध्यक्ष लोक बहादुर थापा, पि आर ओ इनचिफ दिपक राज वराल , मेम्बरसीप चियर पर्सन सुरेन्द्रराज गिरी, ट्यामर गणेश गुरुङ, टेल ट्वुइश्टर एकनारायण गौतम, डाइरेक्टर रविन वहादुर क्षेत्री, नरजङ थापा, विष्णु वहादुर भुजेल, हर्क बहादुर अधिकारी, लिलाधर अधिकारी, मेम्बर रविन्द्र भण्डारी, सुनिल थापा, मुकुन्द त्रिपाठी, हरि थापा, नविन गुरुङ, कृतिमान गुरुङ, रेशम थापा रहेका छन । त्यसैगरी सल्लाहकारमा बालाकृष्ण शर्मा र हिमालय बख्रेल रहेको निर्बाचन मण्डलका संयोजक हिमालय बख्रेलले जानकारी दिए । उक्त कार्यक्रममा सचिवको कार्यप्रगति विवरण र कोषाध्यक्षको आर्थिक प्रतिवेदन वाचन गरिएको थियोभने कार्यक्रम शान्त बहादुर थापाले सञ्चालन गरेका थिए । राजु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment