0
गोल्डेन न्यूज संवाददाता
पोखरा २४ चैत ।
हेमजामा शुरु भएको छैटांै हेमजा आलु महोत्सवलाई वन्दले खासै असर गरेनन् । ३० दलीय मोर्चाले गरेको बन्दमा पनि दर्शकहरुले बन्दको कुनै प्रवाह नगरी महोत्सव स्थल आएका थिए । बन्दको वेलामा कहाँ जाने त, भन्ने भयो अनि साथी भाई भएर आलु महोत्सवमा जाउँ भनेर महोत्सवमा आईयो महोत्सवमा पोखरा बाट सहभागि हुन आएका अधिकाँश दर्शकले भने–महोत्सव आएर आलुका परिकार सगै साँस्कृतिक कार्यक्रममा रमाउन पाईयो रमाईलो भयो ।
बन्दले महोत्सवमा दर्शको उपस्थिति कम हुन्छ भन्ने आयोजकले डर मानिरहेको वेला महोत्सवमा दर्शकहरुको उपस्थितिले आयोजकलाई हौसला थपेको छ । बन्दले महोत्सवमा दर्शक सहभागी हुन्नन् कि भन्ने डर लागेको थियो, तर सहभागिता देख्दा आयोजकलाई उत्साह थपेको छ । महोत्सव मूल आयोजक समितिका संयोजक रमेश कार्कीले भने–‘बाँकी दिनमा पनि महोत्सवमा सहभागी भई हामीलाई सल्लाह सुझाव दिनुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छांै ।’ यो महोत्सव विशुद्ध कृषकहरुको भएकाले महोत्सवमा वन्द नगरिदिन सम्वन्धित पक्ष सग उनले आग्रह गरे । दुई दिनसम्ममा २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको र महोत्सव भित्र र वाहिर गरि करिव १० लाखको आलुको कारोवार भएको महोत्सव मुल आयोजक समितिका कोषाध्यक्ष महेन्द्रसिंह थापाले गोल्डेन न्य
ज दैनिकलाई जानकारी दिए ।
महोत्सवको मंगलबार नबिन पौडेल, चोलेनद्र पौडेल, कृष्ण गुरुङ, ईन्द्र गुरुङ, श्रीराम अधिकारी, रामजी पौडेल, केशव घिमिरे, शिबहरी ढुङ्गाना, निशा पोखरेल, जीवन दाहाल, विजय के.सी., बिनोद वि.क लगायत चर्चित कलाकारको प्रस्तुति रहने सास्कृतिक उपसमिति संयोजक दानबहादुर थापाले जानकारी दिए । महोत्सवको बुधबार रामजी खाँड, कृष्ण गुरुङ, प्रजापति पराजुली, सरस्वती लामिछाने, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरि ढुङ्गाना, सुरेन्द्र गुरुङ जीवन दाहाल, विजय केसी मञ्जु विक लक्ष्मी सुवेदीको प्रस्तुति रहने छ । भने हास्यव्यङ्गय तर्फ पोखरेली माग्ने वुढा र धुर्मुसको प्रस्तुती रहने छ । सुन्दर ठाँउ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजित महोत्सव  २९ गते सम्म चल्ने छ । यसैगरी हेमजा आलु महोत्सवमा आलुको मूल्य २८ रुपैयाँ तोकिएको छ । आलुको मूल्य पोखरा बजारमा ४०÷४५ रुपैयाँ रहेको भएपनि महोत्सवको अवसरमा आलुको मूल्य बजारभाउ भन्दा निकै कम गरिएको आयोजकले जनाएको छ ।

Post a Comment

 
Top