0
नेपालमा भ्रष्टाचारका विरुद्धमा लड्ने भन्दै नयाँ पार्टीको उदय भएको छ । नेपाल आम आद्मी पाटी नाम दिएर उदय भएको पार्टीले सबै प्रकारका भ्रष्टकार्यलाई सार्वजनिक गर्दै कार्वाहीका लागि राज्यका निकायमा सार्वजनिक गर्ने र कुनै पनि भ्रष्टाचार अनुचित कार्य हुन नदिन सचेतना कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको पार्टीका अध्यक्ष गोमन सिंहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । यहि चैत्र २० र २१ गते पोखरामा भएको गोप्य भेलाले पार्टी गठन गरि आइतबार पार्टीको सार्वजनिक गरिएको थियो । सार्वजनिक कार्यक्रममा बोल्दै पार्टी प्रवक्ता सक्षम थापाले देशका विभिन्न स्थानका सामाजिक अभियन्ताहरुको सामुहिक सक्रियतामा ७५ जिल्लाकालाई नै समेटेर ८३ सदस्य समिति गठन गरेको हो ।
भारतसँगका कुनै पनि दलहरुसँगको हस्तक्षेप नभएको भन्दै भ्रष्टाचारका विरुद्ध कार्य गर्ने पार्टी वा संघसँस्थासँग भने मित्रवत् व्यवहार गर्ने प्रवक्ता थापाले बताए । देशको आवश्यकता र जनताको चाहनाअनुरुप पार्टीको स्थापना गरेको भन्दै थापाले पार्टीले आफ्नै नीति नियम बनाएकोले सोही अनुसार अब कार्यक्रम थाल्ने बताए ।
उनले आगामि २०७२ साल मंसिर २५ देखिदेखि २९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने पार्टीको नाम समेत परिवर्तन गर्न सकिने बताए । भ्रष्टाचारलाई रोक्न नामले जनतालाई तरङ्गित पारेको भन्दै हाललाई यहि नाम राखिएको स्पष्टोक्ति पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिएका थिए ।

Post a Comment

 
Top