0
पोखरामा बिहीबार शाकाहारी भोजन,सात्विक आहारसम्बन्धी विशेष प्रवचन कार्यक्रम सम्पन्न भयो । श्री १००८ स्वामी महामण्डलेश्वर आत्मान्द गिरीजी महाराजले शाकाहारी सात्विक भोजनले मानिसको विचार र शरीरमा सकारात्मक गुणबारे प्रवचन दिएका थिए । उनले विभिन्न रोगको मुल कारण मांशाहार भएकोले संसारभरि नै शाकाहारीको संख्या बढ्दै गएको बताए । उनले  शुद्ध शाकाहारी भोजनालयको सान्दर्भिकता विषयमा विभिन्न क्षेत्रका विद्धानहरुको भनाइ प्रस्तुत गरेका थिए । पोखराको पृथ्वीचोकस्थित हरिॐ भोजनालयको आयोजनामा भएको कार्यक्रममा विश्व हिन्दु महासंघका राष्ट्रिय उपाध्यक्ष वेदनीधि शर्मा, पं. दीग्दर्शक भागवत्वाचक दीपक सापकोटा, पं. लीलाधर पौडेललगायतले बोलेका थिए । कार्यक्रममा हरिॐ भोजनालय र यसका उद्देश्यबारेमा संस्थाका संचालक एवं विश्व हिन्दु महासंघ नेपाल कास्कीका अध्यक्ष शंकर खराल, अध्यक्ष कृष्णप्रसाद पौडेल, व्यवस्थापक लक्ष्मण पौडेल र शत्रुधन  पौडेलले जानकारी गराए ।

Post a Comment

 
Top