0
स्टेप वाइ स्टेप उ.मा.वि.मासवार पोखराले एक कार्यक्रम गरी +२ व्यवस्थापन र विज्ञानका विद्यार्थीहरुलाई शुभकामना एवं विदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्राचार्य निर्मला बरालले शुभकामना दिदै सम्पूर्ण विद्यार्थीहरु मिहिनेतसाथ अनुशासित भई अध्ययन गरी कक्षा ११ को वोर्ड परीक्षामा शत प्रतिशत उत्तीर्ण हुन सकेकोमा वधाइ दिइन् । विद्यालयका संस्थापक रमाकान्त बरालले सम्पुर्ण विद्यार्थीहरुको उज्जल भविष्यको कामना गर्दै सकारात्मक सोचका साथ कडा मिहिनेत गरेमा राम्रो सफलता प्राप्त हुने बताएका थिए । +२ संयोजक कमल राज सापकोटाले पढाइलाईे बोझको रुपमा नलिइ लगनशील र मेहनत साथ  अध्ययन गरे उच्च शिक्षाको सुनौलो ढोका खोल्न सकिने जनाएका थिए । त्यस्तै अध्यापक प्रेम शर्माले समयको सदुपोग गरी जीवनलाई उज्जल बनाउने शुभकामना दिएका छन । कार्यक्रममा विदा भएर जान लागेका विद्यार्थीहरु सागर कुँवर, समिक्षा आचार्य, अनुश्रुती सुवेदी  श्याम भण्डारी र धु्रव थापाले मन्तब्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालान सह–प्राचार्य गंगा राज गौतमले गरेका थिए ।

Post a Comment

 
Top