0

पोखरामा पछिल्लो पाच बर्ष यताकै ठुलो परिमाणमा लागु औषध बरामद,१५ लाख मुल्य बराबरको लागु औषध सहित चार जना पक्राउपोखरा 20 चैत्र ।
लागु औषध नियन्त्रण व्यूरो पोखराले पछिल्लो पाच बर्ष यताकै ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ । भारतबाट नेपालको बिभिन्न नाका हुदै पोखरा भित्र्याउदै गरेको झण्डै १५ लाख मुल्य बराबरको लागुऔषध सहित चार जनालाई नियन्त्रणमा लिईएको ब्युरो पोखराका प्रमुख प्रहरी निरिक्षक मदन कुँवरले बताए ।
विशेष सुचनाको आधारमा शाखाबाट खटिएको प्रहरीले विहीबार विहान पोखरा – १५ रामबजारबाट शिव कुमार बानियालाई पक्राउ गरेको थियो । कुवरका अनुसार बिहान सात बजे पक्राउ परेका बानियाँले दिएको सुचनाको आधारमा अन्य तीन जनाई एक घण्टा पछि पोखरा – १० बुद्धचोकबाट नियन्त्रण लिईएको हो ।
भारत बनारस लोटीया घर भई हाल पोखरा १५ रामबजार बस्दै आएका बानियाको साथबाट प्रहरीले नर्फिन, डाईजापाम ६०–६० थान र फेनरागन २० थान बरामद गरेको छ ।
बनियाले थिएको सुचनाको आधारमा रुपन्देही– ३ खजहना बस्ने हजरत अली मुसलमान, रुपन्देही –६ शहिदपथका निजामुदिन अहम्मद र रुपन्देही –१० का बृजमोहन गिरीलाई लागु औषध सहित पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले नर्फिन ६ सय थान, डाइजापाम ५ सय ८० थान र फेनरागन ६ सय २० थान नियन्त्रणमा लिएको छ । लु १ च ५११७ नम्बरको निजि कारमा झोलामा राखेर ल्याईदै गएको अबस्थामा लागु औषध निण्न्त्रणमा लिईएको लागु औषध नियन्त्रण ब्युरो पोखराले जनाएको छ ।
गण्डकी अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक बलराम शर्मा पौडेलले लागु औषधको परिणामको आधारमा उनिहरु यसको मुख्य डिलर रहेको अनुमान गर्न सकिन्छ । उनिहरुले ठुलो मात्रामा लागु औषध ल्याई पोखरामा बिक्रि बितरण गर्र्दै आएको प्रहरी समक्ष बताएका छन् ।
पोखरामा लागुऔषध प्रयोकर्ता र साना कारोवारी मात्रै पक्राउ पर्दै आएकोमा ठुला कारोवारीलाई पनि पक्रन सफल भएको प्रहरीको दाबि छ । भारतमा प्रतिडोज एक सय रुपैयामा किन्ने उनिहरुले पोखरामा ल्याई दुई हजार देखि तीन हजार सम्ममा बिक्रि गर्दै आएका छन् ।
बिशेष गरी स्कुल र क्याम्पसमा अध्ययनरत किसोर किसोरीहरु उनिहरुको जालमा फसेर यो लतमा लागेको प्रहरी बरिष्ठ उपरिक्षक पौडेलले बताए । लागु औषध प्रयोगकर्तामा कमी ल्याए यसको कारोबारी स्वतः घट्ने भएकाले प्रयोगकर्ताको संख्या घटाउन स्कुल , क्याम्पसमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

Post a Comment

 
Top