पोखरा, २४ चैत
पोखराको फेवा पावरहाउस नजिकैको फुस्रे खोलाले फेरि अर्को ज्यान लिएको छ ।
मंगलबार अपरान्ह पौडी खेल्न गएकी एक बालिकाको डुबेर ज्यान गएको हो ।
पोखरा रत्नचोककी १३ वर्षीया सुनयना
श्रेष्ठको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको कास्की प्रहरीले जानकारी
दिएको छ । पाँच साथीहरु सहित पौडी खेल्न गएकी श्रेष्ठ खोलामा डुबेपछि
तत्काल प्रहरी पुगेका थिए । उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकोमा
अस्पतालले मृत घोषणा गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।
उनका साथीहरु भने सकुशल छन् । फुस्रे
खोलाको सो तालमा पटक पटकद आन्तरिक पर्यटकहरु सहित स्थानीय बालबालिका,
किशोरकिशोरीहरुको ज्यान जाने गरेको छ । सो खोलामा पौडी खेल्न नजान
स्थानीयहरु सुझाव दिन्छन् ।
Post a Comment