0
लायन्स क्लव अफ पोखरा लेकसाइडले ग्रामीण पर्यटन प्रवद्र्धन अभियान सुरु गरेको छ । क्लवले पर्यटनको माध्यमबाट गाउँलेहरुको जीवनस्तर उकास्न सो अभियानको थालनी गरेको हो । अभियानअन्तर्गत क्लवका पदाधिकारी तथा सदस्यहरु शुक्रबार र शनिबार कास्कीको माछापुच्छ«े गाविसको मिर्सा गाउँमा होमस्टे कार्यक्रममा सहभागी भए । अधिकांश सदस्यहरु पर्यटन व्यवसायमा सम्वद्ध सो क्लवले आफ्नो तेस्रो वार्षिक अधिवेशन नै मिर्सामा सम्पन्न गरेको हो । क्लवका अध्यक्ष सोम थापाको नेतृत्वमा मिर्सा पुगेको टोलीलाई स्थानीय आमा समूहले स्वागत गरेको थियो ।  ‘गाउँको पर्यटन प्रवद्र्धन गर्ने  अभियान अन्तर्गत नै हामीले आफ्नो तेस्रो अधिवेशनस्थल गाउँलाई नै चुनेका हौँ’, क्लवका अध्यक्ष सोम थापाले भने‘आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिइने छ ।’ स्थानीय आमा समूहकी अध्यक्ष मीनाकुमारी गुरुङले लायन्स क्लवले गाउँमा आएर कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै यस्तो अभियानको निरन्तरताको आग्रह गरिन् । यसैबीच लायन्स क्लव अफ पोखरा लेकसाइडले कास्कीकै माछापुच्छ«े गाविस मिर्सा–७ खारापानीमा रहेको अन्नपूर्ण निमाविमा  अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत बितरण गरेको छ । सेवाको भावनाले प्रेरित भएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको बताउँदै क्लवका अध्यक्ष थापाले पढ्न पाउने नानीबाबुहरुको अधिकार संरक्षण हुनुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादर गुरुङले पछिल्लो समय सरकारी विद्यालय संचालन गर्न साह्रै गाह्रो भएको सुनाए । विद्यालयका प्रधानाध्यापक गिरिधारी लम्सालले लायन्स  क्लवहरुलाई सहरमुखी हैन गाउँमुखी हुन आग्रह गरे । कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष तथा वर्ष २०१५÷१६ का अध्यक्ष रामु गौतम, द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक जयराम तिमिल्सिना, सचिव महेन्द्र श्रेष्ठ, कोषाध्यक्ष नवराज भण्डारी लगायतले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।

Post a Comment

 
Top