0
कास्कीको अर्मलाकोटमा खे पना स्मृति भवन निर्माणार्थ अर्थ संकलन गर्ने उद्देश्यले ङ्होल्ह्रों कोन्मे खे पना प्रतिष्ठानले पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजना गरेको त्हें थेवा (ग्रह शान्ति तथा पितृ उद्धार महायज्ञ)को पहिलो दिन मंगलवार ४३ लाख रुपैया भन्दा बढी दान संकलन भएको छ । अर्मलाकोटमा पहिलो बस्ती बसाल्ने ङ्होल्ह्रों घोताने गुरुङहरुका आदि पुर्खा खे पनाको इतिहास र ङ्होल्ह्रों घोताने गुरुङहरुको परम्परागत सँस्कृतिको जगेर्ना गर्न, अर्मलाकोटको पर्यटन एवं समग्र विकासका लागि निर्माण गरिने खे पना स्मृति भवन निर्माणार्थ आयोजित त्हें थेवाको प्रमुख अतिथि वरिष्ट सँस्कृतिविद प्राज्ञ डा.जगमान गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।  त्हें थेवामा पहिलो दिन काजी खलक चेली बेटीहरुबाट ५ लाख ९१ हजार ६३४ रुपैया, जीतबहादुर गुरुङ र रामबहादुर गुरुङले ३ लाख १० हजार ११ रुपैया, बीरबहादुर गुरुङले ३ हजार ५ हजार ५ रुपैया, जसकाजी गुरुङले १ लाख २५ हजार ५५० रुपैया, क्या. कमलबहादुर गुरुङले १ लाख २१ हजार १११ रुपैया, रामबहादुर गुरुङ १ लाख १६ हजार, तेजबहादुर गुरुङ १ लाख १५ हजार, मुखिया खलक चेलीबेटीहरुबाट १ लाख १२ हजार २२०, स्वर्गीय हस्तकुमारी गुरुङ र स्वर्गीय धनबर गुरुङको छोराछोरीहरुबाट १ लाख १ हजार १११ रुपैया, बुद्धिसुवा गुरुङ १ लाख १ हजार १०५, सु.उदिमबहादुर गुरुङ रु. १ लाख १०९, छविलाल गुरुङ १ लाख एक रुपैया, मिनाकुमारी गुरुङ १ लाख, लालबहादुर गुरुङ १ लाख रुपैया, कुलमाया गुरुङ १ लाख रुपैयासहित विभिन्न दानदाताहरुबाट ४३ लाख ४ हजार ५७५ रुपैया दान संकलन भएको प्रतिष्ठानका सहसचिव तेजबहादुर गुरुङले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ट सँस्कृतिविद् प्राज्ञ डा.जगमान गुरुङले तमु जातिको साँस्कृतिक ऐतिहासिकता का बारेमा प्रष्ट पारे । मौलिक सँस्कृति नै गुरुङ जातिको पहिचान भएकाले यसको संरक्षणका लागि सबै जुट्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा सुखवती बौद्ध गुम्बाका प्रमुख लामा मनबहादुर गुरुङले तानाघोषुम पूजाको महत्व, पच्यु गुरु बलबहादुर ल्हेगेले त्हली ह्रावा त्हे, क्लेप्री गुरु भिमबहादुर गुरुङले थासो त्हे र साँचो थेवा त्हेको विविध पक्षमा जानकारी गराएका थिए । महायज्ञ चैत्र १८ गते बुधवार सम्पन्न हुनेछ ।

Post a Comment

 
Top