0

होटलमा बास बस्न आउँने ग्राहकले कुनै गल्ती वा अपराध गरे, होटल मालिकलाई प्रहरी प्रशासनले पक्राउ गर्ने गरेको गुनासो होटल व्यावसायीहरुले गरेका छन् । पृथ्वी होटल व्यावसायी समितिले शनिबार पोखरामा गरेको चौथो वार्षिक साधारण सभामा बोल्दै वक्ताहरुले होटल व्यवसायीहरुले यौन जन्य पेशा बन्द गरेको भएतापनि दैनिक जसो होटलमा कोठा छ भन्दै आउने केटाकेटीहरुले अवैध यौन जन्य कार्य गर्दा वा अन्य अपराध गर्दा प्रहरीले होटल संचालकलाई पक्रेर लैजाने समस्या जस्ताको तस्तै रहेको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा कास्कीका प्रमुख प्रहरी उपरिक्षक हरि बहादुर पालले प्रायः जसो होटलका बन्द कोठामा सेवाग्राहीबाट अपराध हुने गरेको बताउँदै अपराधसंग सम्बन्ध राखी कसैले पनि होटल व्यवसाय संचालन नगर्न आग्रह गरे । कुनै प्रहरीहरु आएर धम्काउँदै होटलमा महिनौँ खाने गरेको छ भने तुरुन्त सूचना दिनुपर्ने बताए । नचाहिने काममा त सहयोग गर्न सकिदैन तर चाहिने काम हो र स्वागतयोग्य छ भने प्रहरी प्रशासन होटल व्यावसायीसित सहकार्य गर्न सधैँ तयार रहेको बताए । त्यस्तै पोखरा उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत मिनराज काफ्ले ले होटल संचालक गर्न आवश्यक पर्ने सचेतक जनशक्ति, व्यवस्थापक को अभाव भए, तालिम दिन सकिने बताए । पोखराको बसपार्क व्यवस्थापनमा मुअब्जा बारे समस्या भए पनि बसपार्क निर्माणका लागि बजेट आईसकेकोले बैशाख १२ गतेदेखि काम अघि बढाईने बताए । पोखरा अन्तर्रा्ष्टिय विमानस्थलको काम बैशाखभित्र सिलन्यास गरिने बताए । पाकिङ्ग शुल्क व्यवस्थित गर्न जथाभाबी शुल्क उठाउने कार्य तत्काल रोक्ने बताए । सडकमा सिसिटिभी जडान गर्ने र ट्राफिक लाईटको व्यवस्थापनमा पोखरा उपमहानगरपालिकाले पहल गर्नुपर्ने समेत बताए । कार्यक्रममा पत्रकार घनश्याम पाण्डेलाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top