0
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष एवं सभासद् उदय शमशेर राणाले समग्र तरुणहरुको संरक्षण गर्नु आफ्नो प्रमुख कर्तव्य रहेको बताएका छन् । बाग्लुङ क्षेत्र नं. १ को उपनिर्वाचनको प्रचारप्रसार गर्न आएका राणाले आइतबार पोखरामा रहेका तरुण कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै प्रशासन र प्रहरीको नियोजित षडयन्त्रले सज्जन तरुणहरुलाई फँसाउन खोजेको देखिएकोले आफूले उनीहरुको संरक्षण गर्नु कर्तव्य रहेको बताए । पार्टीभित्र तरुणहरु लाई संगठनको जिम्मेवारी व्यक्तिको रुपमा स्थापित रुपमा आउँदो अधिवेशनमा गाउँ, क्षेत्र, नगर र जिल्लामा जिम्मेवारी लिन सक्ने गरी अगाडि बढ्न आग्रह गरे । तरुण दलका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले तरुणहरु संगठित भई समाजमा रहेका विकृति, विसंगति र प्रजातान्कि संस्कार समाजमा स्थापना गर्न लागि पर्न आग्रह गरे ।       तरुणदलका केन्द्रीय सदस्य ऋषि काफ्ले, तरुण लमजुङ्गका अध्यक्ष रमेश पाण्डे, पूर्व विद्यार्थी नेता गुरु बराल, पूर्व केन्द्रीय सदस्य भरतजंग कुँवर लगायतले तरुणहरु प्रशिक्षित र स्वव्यवसाय स्थापना गरी व्यवसायिक र राजनीतिक रुपमा सचेत रही अगाडि बढ्न आग्रह गरेका थिए । तरुणदल कास्कीका कार्यवाहक अध्यक्ष मनोज गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव पदम बस्ताकोटीले गरेका थिए ।

Post a Comment

 
Top