पोखरास्थित गण्डकी अञ्चल यातायात कार्यालयले सवारीधनी बाट लिनुपर्ने कर संकलनका लागि आवश्यक जनशक्ति र प्रविधिको राम्रो व्यवस्था गर्न नसक्दा करदाताको रुपमा रहेका सवारीधनीले समस्या व्यहोर्नु परिरहेको छ । गण्डकी अञ्चलको नाममा दर्ता भएका एकलाख भन्दा बढी दुई पाङ्ग्रे र ५० हजार बढी चार पाङ्ग्रे सवारी साधनबाट उक्त कार्यालयले सवारी, नविकरण जाँचपास, हेरफेर, नामसारी र नियमित जस्ता विभिन्न कर संकलन गर्दै आएको छ । विशेष गरि सार्वजनिक सवारी साधनका लागि प्रत्येक वर्षको असोज महिना र निजी सवारी साधनका लागि चैत्र महिनामा कर तिर्नुपर्ने प्रावधान रहेकोले करदाताहरु अन्तिम समयमा नै कार्यालयमा कर तिर्न पुग्दछन् । करदाताहरुको अत्यधिक चाप भएपछि कार्यालयका कर्मचारीहरु ले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म कार्यालयमै बिताउने गरेका छन् । ‘हामीसंग दरबन्दी थोरै छ त्यसमाथि कम्प्युटर सिस्टम अन्तर्गत केन्द्रीय कार्यालयबाट जोडिएको सर्वर
(नेटवर्क) राम्रो नचल्दा निकै समस्या भोग्नु परेको छ ।’–यातायात कायाृलयका लेखा अधिकृत गोविन्द बरालले गोल्डेन न्यूजसंग भने । उनका अनुसार करदाताहरुले नियमित रुपमा कर तिर्ने हो भने एक दिनमा ६ देखि ७ सय जति करदाता कार्यालयमा आउनुपर्छ । अनिमात्र व्यवस्थित गर्न सकिन्छ तर चैत्रको अन्तिम सातामा भने करदाताहरुको चाप अत्यधिक छ । एकै दिन दुई हजार भन्दा बढी करदाता आउने गरेकोले चाहेर पनि कार्यालयले कर संकलन गर्न सकेको छैन । कार्यालयमा शाखा अधिकृत तुलसी बरालले बिहान ६ देखि बेलुका ६ बजेसम्म एउटै कर्मचारीले सेवा दिनुपरेको गुनासो गर्दै जनशक्ति थप नहुँदा करदाताहरु लाई सन्तुष्ट बनाएर पठाउन नसकिएको स्वीकार गरे । ‘एक त करदाताको अत्यधिक चाप छ । त्यसमाथि काठमाडौंबाट यातायात व्यवस्था विभागले जोडेको सर्वरमा प्राविधिक त्रुटि भइरहँदा कर संकलनमा ढिलाई भइरहेको छ’–उनको भनाइ छ । करदाता आफै आएर हामीले कर तिर्न पाउनुपर्छ भन्दा समेत कार्यालयले समयमै कर लिन नसकेकोमा त्यहाँ पुगेका सवारीधनी तथा करदाता रुष्ट देखिन्थे । बिहान ११ बजेदेखि लाइनमा बसेको तर चार घण्टासम्म पनि मैले कर तिर्न पाइन–एक सवारी धनी जीवन सुवेदीले गुनासो गरे । अन्य समयको भन्दा चैत्रको अन्तिम सातामा कर तिर्न आउनेको संख्या निकै बढेको लेखा अधिकृत गोविन्द बरालले जानकारी दिए । उनका अनुसार गत चैत्र २६ गते करिब ४७ लाख, चैत्र २७ गते करिब ४१ लाख, चैत्र २८ गते करिब ३९ लाख र चैत्र २९ गते करिब ६७ लाख रुपैयाँ यातायात कार्यालयको नाममा बैंकमा जम्मा गरिएको भएपनि कम्प्युटर सर्वर नचल्दा करदाताहरुले आफ्नो भौचर कार्यालयमा बुझाउन समेत पाएनन् । ‘लाइनमा बस्दा–बस्दा बेलुका ६ बज्छ अनि कम्प्युटर सर्वर बन्द भएपछि हामीले भौचर बुझेर पनि बिल काट्न पाउँदैनौंैं । त्यसैले करदाताहरुलाई फर्काउन बाध्य हुन्छौं’ अधिकृत तुलसी बरालले बताए । लेखा अधिकृत गोविन्दका अनुसार करिब २० लाख रुपैयाँको भौचर करदाताले कार्यालयमा बुझाएका छैनन् । चैत्र मशान्तभित्र कर नबुझाएमा पाँच प्रतिशतबाट जरीवाना बढ्दै जाने भएपनि कार्यालयकै कमजोरीका कारण भौचर बुझ्न नसकेपछि करदाताहरुलाई आफ्नो बैंक भौचर लिएर सात दिनभित्र कार्यालयमा आउन सूचना जारी गरिएको छ । चैत्र मशान्तभित्र बैंकमा पैसा जम्मा गरेको भौचर भएमा त्यस्ता करदातालाई जरीवाना नलिने निर्णय गरिएको कार्यालयले जनाएको छ ।
प्रविधिमा भएको कमजोरीका बारेमा पटक–पटक विभागमा जानकारी दिएको भएपनि चासो नदिएको बताइन्छ । कार्यालयमा आफ्नो सवारी कर तिर्न पुगेका एक सेवाग्राही तथा संचारकर्मीले यातायात व्यवस्था विभागका महानिर्देशकलाई टेलिफोन गरि ढिलासुस्ती र प्राविधिक कमजोरीका बारेमा जानकारी गराएपछि प्राविधिक सुधार हुने आश्वासन प्राप्त भएको बताइन्छ ।

Post a Comment