गोल्डेन न्यूज संवाददाता
पोखरा २५ चैत ।
युवा ज्योतिषी हरिहर अधिकारी वर्ष २०१५ को सर्वोत्कृष्ट ज्योतिष अवार्डबाट सम्मानित भएका छन् । नेपाली ज्योतिषीहरुमध्ये उनी उत्कृष्ट ठहरिएका हुन् । श्रीलंकाको राजधानी कोलम्बोमा भएको १५ औँ एशियन ज्योतिष भविष्यवाणी तथा वास्तु मेलामा उनले अवार्ड प्राप्त गरेका हुन् । नेपाल, भारत, मलेशिया र श्रीलंकाबाट उपस्थित करिब ५ सय ज्योतिषीहरुमाझ उनले अवार्ड प्राप्त गरेका थिए । अवार्ड हात पारेसँगै अधिकारीले आफू निकै खुशि भएको प्रतिक्रिया दिए । उनले अवार्ड पाएसँगै आफूमा ज्योतिष विज्ञान र वास्तु शास्त्रको क्षेत्रमा अझै धेरै गर्ने हौसला मिलेको बताए । उनले भने–‘यो अवार्डले मेरो जिम्मेवारी अझै बढाएको छ । आगामी दिनमा यस क्षेत्रप्रति म अझै समर्पित भएर लाग्नेछु ।’ उनले सोहि क्रमका ‘जेम स्टोन’ अर्थात ‘रत्न’को बारेमा विशेष जानकारी मूलक प्रवचन समेत दिएका थिए । अधिकारीले हात पारेसँगै एशियाली ज्योतिष महासंघका अध्यक्ष लोकराज पौडेलले सानो उमेरमै ठूलो मेहनत गरेकै कारण हरिहरले अवार्ड हात पारेको प्रतिक्रिया दिए । उनले अधिकारी लाई बधाई दिँदै अझै प्रगतिको कामना गरे । २४ वर्षीय युवा ज्योतिषी हरिहर अधिकारी यसअघि विज्ञानका विद्यार्थी हुन् । सम्मेलनमा एशियाली देशका ज्योतिषीहरुले ज्योतिषशास्त्र र वास्तुशास्त्रको बारेमा वहस गरेका थिए ।

Post a Comment