काठमाडौं,चैत २४ – श्रीमतीलाई सुराक बनाएर
पैसा खाएको आरोप लागेर बदनाम भएका एसएसपी रमेश खरेलको करिअरमा अर्को धक्का
लागेको छ । भरतपुर तालिम केन्द्रमा समादेशकका रुपमा कार्यरत एसएसपी रमेश
खरेलको कामप्रति लोकसेवा गम्भीर प्रश्न मात्र उठाएको छैन,भर्ना प्रक्रिया
नै रद्द गर्न निर्देशन दिएको छ ।
जवान पदको भर्ना प्रक्रियाअन्तर्गत
पहिलेको अन्तर्वार्ता रद्द गरी पुनः अन्तर्वार्ता गर्न निर्देशन दिएको छ ।
सोही अनुसार प्रहरी प्रधान कार्यालयको भर्ना तथा छनौट शाखाले सोमबार एक
सूचना निकाल्दै लिखित परीक्षामा पास भएकाहरुको वैशाख २–७ गतेसम्म फेरि
अन्तर्वार्ता हुने भएको छ ।
लोकसेवाले बनाएको प्रहरी नियमावलीअनुसार
अन्तर्वार्तामा नम्बर नदिइएको भन्दै आयोगले पहिलेको अन्तर्वार्ता नै रद्द
गराएको हो । यसले एसपी रमेश खरेलको कार्यशैलीप्रति प्रश्न उठेको त छ नै
प्रहरीको समग्र भर्ना प्रक्रिया नै विवादमा तानिएको छ,आजको दृष्टि
साप्ताहिकमा खबर छ ।
Post a Comment