0
 विनाशकारी भुकम्प गएपछि भएको लगातार वर्षाको कारण घरबारविहीन भएर बिस्थापित हुनेहरुको बिल्लिबाठ भएको छ ।शनिबार दिउँसो भुकम्प गएपछि जिल्लाका विभिन्न भागमा खण्डवृष्टि भई रहेको छ । वर्षाको कारण घर छाडेर बाहिर बसेकाहरुको विजोग भएकको छ ।खेत बारीमा खुल्ला आकाशमुनि बसेकाहरु वर्षाले भिजेपछि विरामी पर्न लागेका छन् । सदरमुकाम र आशपासका क्षेत्रका मानिसहरु पाल टाँगेर बसेका भए पनि ग्रामिण भेगका सर्वसाधारणहरु भने त्यतिकै खुल्ला आकाशमुनि बसेका छन् ।सदरमुकाममै पनि राज्यले विस्थापितहरुलाई पाल समेत उपलब्ध गराउन सकेको छैन । बजारमा पनि पाल नपाएपछि कतिपय सर्वसाधारणहरु सदरमुकाममा समेत खुल्ला ठाउँमा भिजेर बसेका छन् ।यातायात सेवा पनि अवरुद्धभुकम्पको कारण रामेछापबाट काठमाडौँ र तराईजाने सडक समेत अवरुद्ध भएको छ । भुकम्पले खुर्कोटको पुल नजिकैको सुक्खा पहरोमा पहिरो गएपछि यातायात अवरुद्ध भएको हो ।सडक खुलाउनको लागि सोमबार सडक विभागको टोली खुर्कोट पुलमा पुगेको भए पनि सुनकोसी पारी खुर्कोटका स्थानीयले अवरोध गरे ।सडक सफा गरेको ढुङ्गा नदीमा फाल्दा खुर्कोटपट्टि नदीले क्षति पुर्‍याउने भन्दै काममा अवरोध पुर्‍याए पछि काम गर्न गएको टोली त्यतिकै फर्किएको थियो । मंगलबार पुनः सो सडक खुलाउन नेपाली सेनाको टोली खुर्कोटतर्फ गएको छ ।जिल्लामा राहात सामाग्री नै छैन भुकम्पका कारण जिल्लाका ८० प्रतिशत भन्दा बढी घरहरु क्षतिग्रस्त भएका भए पनि पीडितहरुलाई प्रदान गर्ने राहात सामागि्र जिल्लामा छैन । जिल्ला रेडक्रससँग भएका २६ वटा पाल बुधबार स्थानीयलाई वितरण गरिएको छ ।मन्थली आसपासका हाटेचौर, करमबोट, गाइखुरा लगायतका क्षेत्रमा सामुहीक रुपमा बस्नको लागि पाल वितरण गरिएपछि अब जिल्लामा राहात सामागि्र सकिएको जिल्ला दैवप्रकोप उद्दार समितिले जनाएको छ ।रामेछाप जिल्लामा भुकम्पको कारण मृत्यु हुनेहरुको संख्या २९ जना पुगेको छ । तथ्याङ्क संकलनको काम अझै जारी रहेको प्रहरीले जनाएको छ ।रामेछापमा भूकम्पबाट सबैभन्दा बढि मानवीय क्षेति दुरागाउँमा भएको छ । दुरागाउमा ९ जनाको मृत्यु भएको छ भने गाउँभरिका करीव साँढे ६ सय घरमध्ये ६ भन्दा बढि घर बस्न नमिल्ने गरि भत्किएको स्थानीय शिक्षक जनार्दन घिमिरले बताए ।त्यस्तै दुरागाउपछि मानवीय क्षेति बेतालीमा चार जनाको मृत्यु भएको छ । अन्य मृतकमा हिमगंगाका १,रस्नालुका २ , रामेछापका ३, नामाडीका २, गेलुका २, गौश्वाराका २, सैपुका १, पि्रतिका १, पकरबासका १ र भुजीका १ जना रहेका छन् ।
– नवराज पथिक

Post a Comment

 
Top