0

sumanपोखरा २० चैत्र । 
पोखराको सिर्जनाचोकमा रहेका मेट्रोसिटी अस्पतालको उपचार सेवा गैरजिम्मेवारी भएको आरोप लागेको छ । सामान्य उपचारको लागि गएको बिरामीको आफन्तलाई थाहै नदिई अपरेशन गरेर शुल्क असुलेको आरोप अस्पतालमाथि लागेको छ ।
पोखराको लेकसाईड स्थित लक्ष्मण रेष्टुरेण्टमा कार्यरत सुमन थापा हातमा सिसाले काटेपछि उपचारको लागि मेट्रोसिटी पुगेका थिए । काम गर्ने क्रममा सिसाले दाहिने हातको बुढी औला काटेपछि तत्काल स्थानिय मेडिकलमा गएपनि टाका लगाउनुपर्ने भन्दै अस्पताल जान सुझाएको थियो ।
सोहि अनुसार सिर्जनाचोक स्थित मेट्रोसिटी अस्पतालको आकस्मिक कक्षमा पुगेका उनलाई प्रारम्भिक चरणमा सामान्य भन्दै टाका लगाउन सुझाईएको थियो । ‘हातको औलाहरु चलाउन लगाए , नशा त काटिएको छैन भन्दै सिलाएपछि ठिक हुने बताएका थिए’ शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सुमनले भने ‘ पछि उक्कासी अपरेशन गर्नुपर्छ भन्दै माथि पठाए । ’
आफ्नो रेष्टुरेण्टमा काम गर्ने भएकाले सञ्चालक सुर्य बहादुर भूजेलले हस्ताक्षर पनि गरिदिए र आबश्यक खर्च ब्यहोर्ने समेत बताए । साझ साढे ५ बजे अपरेशन थिएटरमा छिराएका उनलाई सवा ८ बजे निकालियो । उनको अपरेशन डा. भरत बहादुर खत्री र चन्द्र बहादुर मिश्रले गरेका थिए ।
metroअपरेशन गर्नुको कारण समेत नखुलाई अपरेशन गरेको र आफुले तिर्नै नसक्ने गरी पैसा असुल्न खोजेको उनकी श्रीमति आयुश्माले बताईन् । अस्पतालमा कुनैपनि बिरामीको अपरेशन गर्नुपरेमा केहि भईहाले ब्यहोर्ने गरी आफन्तको स्विकृत लिनुपर्छ र अपरेशन शुल्कबारे जानकारी गराई आबश्यक खर्चको जोहो गर्न भनिन्छ । तर चिकित्सकहरुले अपरेशन पश्चात उनिहरुको हातमा २१ हजार ५ सय को बिल थमाए अनि सो रात अस्पतालमै राखे ।
बढीमा ५/६ हजारमा हुने उपचारको लागि मेट्रोसिटीले ३० हजार ९ सय ८० रुपैया खर्च गराएको सञ्चालक भुजेलले बताए । अस्पतालले आर्थिक भार थुपरिदिएपछि सामान्य मजदुरी गरेर खाने उनिहरुलाई चिन्ता थपिएको छ ।
‘ हामीलाई पहिल्यै जानकारी दिएको भए सस्तो सरकारी अस्पताल जान्थ्यौ होला’ आयुश्माले भनिन् ‘ एकैचोटी यत्रो रकम अब कसरी तिर्नु ? ’ तत्कालको लागि सो रकम सञ्चालक भुजेलले तिरेर उनलाई डिस्चार्ज गराएका छन् । भुजेलले अस्पताल र चिकित्सको मनोमानीबारे असन्तुष्टी जनाएपछि सो रकममा ४ हजार रुपैया छुट दिईएको थियो । अस्पताल प्रशासनले भने बिरामीको अबस्था हेरेर तत्काल अपरेशन गरिएको दाबि गरेको छ । यस बिषयमा थप जानकारीको लागि उपचारमा संलग्न डा. खत्रीसंग सम्पर्क गर्ने प्रयास भने बिफल भयो ।

Post a Comment

 
Top