0
चैत्र २१ ÷ पोखरा
संगीत प्रशिक्षण केन्द्र पोखराको रजत महोत्सव वर्ष विविध कार्यक्रमका साथ समापन गरिएको छ । विन्ध्यवासिनी धार्मीक क्षेत्र विकास समितिको सभाहलमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले कुनै पनि कठोर मनलाई पगाल्न सक्ने अथाह शक्ति गीतसंगितमा हुने बताउनुभयो । संगीतलाई तनाव र कुलतबाट मुक्तिको माध्यमका रुपमा आफुले बुझेको थपलियाले बताउनुभयो ।

समापन सामारोहमा बोल्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदय बहादुर रानामगरले गित संगितको क्षेत्रमा थुप्रै उपलब्धिहरु हासिल गरेकोमा केन्द्रको प्रशंसा गर्दै पोखरा उपमहा नगरपालिकाको साथ सदैव रहने विश्वास दिलाउनुभयो ।

यस्तै संगित प्रशिक्षण केन्द्रका पुर्व प्रशिक्षक एंव पुर्व अध्यक्ष कृष्णबहादुर श्रेष्ठले संगितको अथाह सागरमा डुबुल्की मार्न नसकिने उल्लेख गर्दै निस्वार्थ साधना गर्नुपर्नेमा जोड दिनुभयो । विन्दावासिनी धार्मीक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले पाश्चात्य संगितको मात्र नभई नेपाली मौलीक गीत संगितहरुको जगेर्नामा अग्रसर हुन सुझाव दिनुभयो ।

संस्थाका संस्थापक अध्यक्ष लाल बहादुर ढेवाजुका नाती एंव सम्मनित व्यक्तित्व रामगोपाल ढेवाजुले संगितको महिमा र गरिमा अथाह रहेको उल्लेख गर्नुभयो । साथै उहाँले केन्द्रका लागी र्हामोनियम खरिदका लागी १० हजार रुपैया सहयोग समेत प्रदान गर्नुभयो । केन्द्रका सल्लाहकार एंव संस्कृतिकर्मी कवि तिर्थ श्रेष्ठले संगितले विभाजित मनहरुलाई जोड्ने बताउँदै मुलुक संगितका माध्यमबाट दलहरुलाई जोड्ने सवालमा चुकेको बताउनुभयो । संगित विना मानिसका कुनै पनि उत्सवहरु सम्पन्न हुन नसक्ने बताउदै उहाँले अनुसासन मानिसको लय भएकाले त्यसलाई छोडे प्रलय हुने तर्फ सचेत गराउनुभयो ।  नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सभासद प्रकाश घिमिरेले नेपाली गीत संगितको मौलिकतालाई जोगाउनु पर्नेमा जोड दिनुभयो । यस्तै कलाकार एमडि काफ्लेले आफुहरु संगितको महासागरमा मोती खोज्ने प्रयासमा रहेको उल्लेख गर्दै गीतसंगित संगै सर्जकहरुलाई समेत नभुल्न आग्रह गर्नुभयो ।

उक्त अवसरमा दर्जन भन्दा बढि संस्था एवं सम्मानित व्यक्तित्वहरुलाई सम्मान समेत प्रदान गरिएको छ । कार्यक्रममा संस्थामा दिर्घ सेवा गरे वापत विश्वराम केसीलाई नगद रु १ हजार ५ सय रुपैया सहित सम्मान गरिएको थियो । त्यस्तै संस्थाका पुर्व प्रशिक्षक खिमबहादुर गन्र्धव, विष्णु आर्चाय र वर्तमान प्रशिक्षक डा. मितुपाल, राजामुखिया, धनबहादुर गायकलाई सम्मान गरिएको छ । १० वर्ष भन्दा बढी समय संस्थाको कार्यसमितिमा रहेको सेवा गरे वापत गौतम विजुक्छे, विमल श्रेष्ठ, खगेन्द्रराज पराजुली, शान्तमणी सुवेदी, विश्वगोपाल पराजुली, महेश पालिखे, रामेश्वर मल्ल र सल्लाहकार  शम्भु कार्की र हेमराज रेग्मीलाई पनि कदरपत्र सहित सम्मान गरिएको छ । केन्द्रका संस्थापक अध्यक्ष स्वर्गीय लाल बहादुर ढेवाजु, संस्थापक सदस्य सोम बज्राचार्य, संस्थापक प्रशिक्षक अर्जुन नेपाली र हितबहादुर शाक्यलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ । रजत जयन्ती महोत्सवका अवसरमा यो वर्ष भरि स्वास्थ्य शिविर, रक्तदान, बालगीत, भजन चुट्का प्रतियोगीता, अवलोकन भ्रमण लगायतका कार्यक्रमहरु गरिएको केन्द्रका अध्यक्ष सुरेन्द्रमान विजुक्छेले जानकारी दिनुभयो । वि.स. २०४६ सालमा स्थापित उक्त केन्द्रको संरक्षकमा पोखरा उपमहानगरपालिका कार्यालय रहेको छ । केन्द्रका अध्यक्ष सुरेन्द्रमान विजुक्छेको अध्यक्षतामा भएको समारोहमा कार्यक्रम संयोजक रामभुषण पराजुलीले धन्यवाद तथा कार्यक्रमको संचालन महासचिव खगेन्द्रराज पराजुलीले गर्नुभएको थियो ।


Post a Comment

 
Top