0
पोखरा, २३ चैत/

लागुपदार्थ साझा समस्या हरेको गेट वय फाउन्डेसन नेपालका परार्मशदाता अमृत कुमार भट्टराईले बताएका छन् । परार्मशदाता भट्टराइले फाउन्डेसनमा सोमबार सम्पन्न लागुपदार्थ सम्बन्धी पारिवारिक अन्तरक्रिया कार्यक्रममा लागु पदार्थ सम्बन्धी वेलैमा सबै सचेत हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा लागुपदार्थ प्रयोगकर्ताका ४० जना अभिभावकको सहभागिता रहेको थियो । लागुपदार्थको समस्यामा धेरै जस्तो किशोरकिशोरी फस्ने गरेको भट्टराईले बताए । ‘ विद्यालयस्तरबाटै लागु औषध सम्बन्धी विद्यार्थीलाई जानकारी दिनु पर्छ, ’ उनले भने, ‘ लागुऔषध नियन्त्रण गर्र्न अभिवाकको पनि मुख्य भूमिका रहन्छ ।’ संघसंस्थाले मात्र चाहेर यस समस्याबाट समाज र राष्ट्र बच्न नसक्ने उनको भनाई थियो । ‘ अब राज्यले पनि यसको लागि वेलैमा सोच्न जरुरी छ, ’ उनले भने, ‘ होइन भने राज्यले ठूलो क्षति ब्यहोर्नु पर्ने हुन्छ ।’
‘विशेषगरी किशोर अवस्थाका लागु पदार्थमा फस्ने गर्छन्,’ भट्टराइले भने, ‘साथिसंगत, उमेर अनुसारको उत्सुकता र पारिवारिक वातावरणका कारण लागुपदार्थमा फस्छन् ।’ लागुपदार्थको समस्या न्यूनीकरण गर्न सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए । ‘ एक परिवारको मात्र समस्या हो भनेर बस्नु हुँदैन्,’ उनले भने, ‘परिवारले आफ्ना छोराछोरीमा यस्तो समस्या देखे तुरुन्तै लागुपदार्थ सम्बन्धी काम गर्ने संस्थालाई जानकारी दिइ परामर्श लिनुपर्छ ।’
कार्यक्रमको समापन गर्दै फाउण्डेशनका अधिकृत सन्तोष गुरुङले लागुपदार्थ प्रयोगकर्ताको उपचार मात्र गरेर नहुने बताए । ‘लागुपदार्थ प्रयोगकर्तालाई उपचारसहित समाजमा पुनस्र्थापना पनि उत्तिकै आवश्यक छ,’ उनले भने, ‘पुनस्र्थापना हुन नसक्दा पुन लागुपदार्थ प्रयोग गर्न सक्छन् । यसमा ध्यान दिदै सबैले उनीहरुलाई समाजमा स्थापित गर्न मद्दत गर्नुपर्छ ।’ लागुपदार्थ सम्बन्धी कुनै पनि समस्या वा जिज्ञसा भए फाउण्डेशनलाई सम्पर्क गर्न सबैलाई आग्रह गरे ।

Post a Comment

 
Top