लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारीको लायन वर्ष २०१५÷१६को लागि नयाँ कार्य समिति चयन भएको छ । क्लवको नव निर्वाचित अध्यक्षमा राजेश्वर आचार्य चयन भएका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा शालिग्राम देवकोटा, द्वितीय उपाध्यक्षमा कुमार आचार्य, तृतीय उपाध्यक्षमा रविचन्द्र खनाल सचिवमा पेमडोमा शेर्पा, सहसचिवमा खेमराज बराल, कोषाध्यक्षमा कमल प्रसाद पौडेल, सह कोषाध्यक्षमा लक्ष्मी नारायाण देवकोटा चयन भएका छन् । त्यस्तै क्लवको टेल टुईस्टरमा तोयानाथ आचार्य, टेमरमा विनय अधिकारी, पिआरओमा सुर्य कार्की , मेमवर सिप चियर पर्सनमा पुष्पराज पौडेल र स्मारिका प्रकाशन संयोजकमा रामराज पराजुलीलाई चयन गरेको छ । क्लवका अध्यक्ष गोपिनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सन किशोर बराल, भूपू अध्यक्षहरु एम जे एफ चुडामणि बराल, प्रमोद पौडेल लगाएतले कार्यकालको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बालकको उपचार गर्न सहयोग
पुम्दीभुम्दी कालावाङ निवासी दिप्सन विकको उपचारको लागि आर्थिक सहयोग प्राप्त हुने क्रम जारी रहेको छ । पोखरा उपमहानगरपालिकाक वडा नंं. २५ पुम्दी–भुम्दी, कालावाङ घरेडीका क्यान्सर पीडित साढे दुइ वर्षका वालक दिप्सन विकको उपचारको लागि कालावाङ घरेडी समाज युकेले ८९ हजार पाँच सय ४० रुपैया आर्थिक सहयोग गरेको छ । उक्त रकम कालावाङ घरेडीका हाल युकेमा वस्ने अपार गुरुङको नेतृत्वमा उठाइएको हो । शनिवार एक विशेष कार्यक्रमको आयोेजना गरि युके समाजका निवर्तमान अध्यक्ष ले. जुमबहादुर गुरुङले दिप्सनका हजुरबुबा मनबहादुर विकलाई सो रकम हस्तान्तरण गरेका थिए । दिप्सन विक उपचार सहयोग समितिका सदस्य यामबहादुर गुरुङले युकेमा वस्ने नेपालीहरुबाट वारम्बार सहयोग आउने क्रम जारी रहेको वताउँदै बालकको काठमाडांैको कान्ति वाल अस्पतालमा उपचार भईरहेको जानकारी दिए ।
उनलाई मंसिरको अन्तिम हप्ता पोखरामा उपचार सम्भव नभएको कारण काठमाडौं लगिएको थियो । वालक दिप्सनको हाल चौंथो साईक्लिङ चलिरहेको र स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

Post a Comment