0
दाँइजो प्रथा विरुद्धमा सचेतना फैलाउने उद्देश्यले मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले मङगलबार पोखराको हेमजामा दाइजो प्रथा बिरुद्घको गीतको छायाङ्कन कार्य सम्पन्न गरेको छ । गीतकार कोविदशरण उपाध्यायको शव्द रचना, गायिका सिन्धु मल्लको स्वर, संगीतकार बसन्त सापकोटाले सगीत भरेको सो गीतमा प्रतिष्ठानका सचिव सुदीप त्रिपाठी प्रतीकको मुख्य निर्देशन, कान्तिपुर टेलिभिजनका राजु कार्कीको छायाङ्कन र धर्मेन्द्र पौडेलको नृत्य निर्देशन रहेको छ ।  समाजको कुरीति, कुसंस्कार स्वरुप देखिएको दाँइजो प्रथालाई हटाउन गीतका माध्यमबाट देशव्यापी रुपमा अभियान चलाउने उद्देश्यका साथ म्यूजिक भिडियो निर्माणमा आफुहरु जुटेको प्रतिष्ठानका कोषाध्यक्ष ज्ञानेश्वर सुवेदीले बताए । उक्त गीतमा, इन्दिरा ढुङ्गाना, गोविन्द पौडेल, सरिता तिम्सिना पंगेनी, भुवनेश्वर शर्मा पौडेल, प्रेमकुमारी पौडेल, अन्जना उपाध्याय बराल,  श्रीभद्र पौडेल, ज्ञानेश्वर सुवेदी, विकला पौडेल, हेमजा स्थित म्याग्दी पोखरा शिव चौतारी नौमती बाजा समूहका सदस्य लगायतले अभिनय गरेका छन् ।  प्रतिष्ठानले यस भन्दा अघि बोक्सी प्रथा विरुद्धका ७ म्यूजिक भिडियो निमार्ण गरिसकेको र यस गीतलाई पनि समावेश गरी डि.भि.डि निमार्ण गर्ने र आँउदो नयाँ वर्षको सुरुवात सँगै सरकारी स्तरबाट विमोचन गराउने तयारी गरेको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिए । आर्थिक समस्याका कारण सचेतना मुलक कार्यहरु गर्न  आफुहरुलाई निकै कठिनाई परिरहेको महासचिव श्रीभद्र पौडेल बताउँछन् । हेमजाका विभिन्न स्थानमा तीन दिन लगाएर मंगलवार सो गीतको छायाङ्कन कार्य सम्पन्न गरिएको जनाइएको छ ।

Post a Comment

 
Top