अन्नपूर्ण क्षेत्रमा हराएका मलेसियन पर्यटक अझै भेटिएका छैनन् । करिब दुईसाता अघिदेखि हराइरहेका मलेसियाका ४७ वर्षीय डेनिस ली अझै सम्पर्कविहीन छन् । घान्द्रुक घोरेपानी क्षेत्रको खोप्राबाट उनी हराएका थिए । खोजिका लागि परिवार र टे«किङ व्यवसायी खटिएपनि फेला पर्न नसकेको टे«किङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले जनाएको छ । ८ दिनको पदयात्रामा गएका ती पर्यटक खोप्राडााडाबाट टाढापानी आउँदै गर्दा सम्पर्कविहीन भएको टानले जनाएको छ । टान पश्चिमाञ्चल संघका सचिव विनय आचार्यका अनुसार चैत १६ गतेदेखि उनी सम्पर्कमा छैनन् । विभिन्न देशका १० जना पर्यटकको समुहमा होलिडे टिबेट टे«क्सबाट पदयात्रामा गएका उनी बेपत्ता भएका थिए । उनका अनुसार समूहबाट छुट्टिएर हिडेका उनी अचानक बेपत्ता भएका थिए । उनीसँगै गएका अन्य ९ जना पर्यटक फर्किसकेको उनले बताए । उनको खोजिका लागि परिवार र मलेसियन दूतावातासका पदाधिकारी पोखरा आएका छन् । मलेसियन दूतावासले उनलाई भेट्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको आचार्यले बताए । टानको सहकार्यमा होलिडे ट्रेक्सका पदाधिकारी कुकुरसहित खोजीमा जुटेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment