0
धादिङ–पोखरा सम्पर्क समितिले शनिबार एक कार्यक्रम आयोजना गरि नव वर्ष २०७२ को शुभकामना आदान–प्रदान तथा समितिद्वारा प्रकाशित भित्तेपात्रो विमोचन गरेको छ । भित्तेपात्रोको विमोचन धादिङ, धुँवाकोट–४ निवासी ८० वर्षीया वयोवृद्धा रत्नकुमारी सारु मगरले गरेकी थिइन । समितिका अध्यक्ष झम्कबहादुर सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, कोषाध्यक्ष लालप्रसाद पाठक,  भित्तेपात्रो प्रकाशन उप–समितिका संयोजक युगमराज अगस्ती, धादिङ–पोखरा सम्पर्क समिति आगिन्चोक इकाइका अध्यक्ष हरि पन्त, समितिका सल्लाहकार परिषद् संयोजक रुद्रप्रसाद खनाल, उप–संयोजक कृष्णकुमार श्रेष्ठ, सदस्य केदार धमला, निवर्तमान अध्यक्ष बलराम खतिवडा, संस्थापक नवराज दुवाडी, सल्लाहकार छन्द धरेल, समितिका सचिव सुदर्शन बसौला लगायतले शुभकामना मन्तव्यका साथै भित्तेपात्रो र समितिको गतिविधिका बारेमा आ–आफ्ना भनाइ राखेका थिए । त्यस अवसरमा समितिका सल्लाहकार छन्द धरेल र उनका परिवार अमेरिका जान लागेकोमा सम्मान एवं बिदाई गरिएको थियो । समितिद्वारा प्रकाशित  भित्तेपात्रोमा धादिङ र पोखराका विभिन्न पर्यटकीय र धार्मिक स्थलहरुलाई समावेश गरिएको छ ।
यसैगरी इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (एगा)ले नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्नुका साथै पोखरा–१५, टुटुङ्गामा रहेका कुष्टरोगीहरुलाई सम्मान एवं फेवाताल तालवाराही मन्दिर परिक्रममा गराइएको छ । कुष्टरोगीहरुलाई भोजन समेत गराइएको समितिका उपाध्यक्ष छन्द धरेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । कार्यक्रममा उपाध्यक्ष धरेल अमेरिकाम जान लागेकोमा सम्मान एवं बिदाई समेत गरिएको थियो ।
संस्थाका अध्यक्ष पुष्कल बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा संस्थाका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक कृष्णकुमार श्रेष्ठ, नेपाल कुष्टरोग निवारण संघका सभापति नारायण शर्मा संस्थाका सचिव विश्वराज पोखरेल लगायतले आ–आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top