जापान २३ चैत ।
सोही कार्यक्रममा नेता देउवाकस् धर्मपत्नी तथा संविधान सभा सदस्य डा. आरजु राणा देउवाले संविधान निर्माणको महत्वपूर्ण सवालमा पनि प्रमुख दलका शीर्ष नेताहरुको मात्र भूमिका देखिएको र सबैजसो सभासदलाई भूमिका विहीन बनाइएको बताइन । उनले भनिन्–‘एकातिर सभासदहरुले भूमिका विहीन भएर बस्नु परेको छ भने अर्कोतिर संविधान बनाउन नसकेकोमा जनताले सभासदलाई नै आक्रोश पोख्ने गरेका छन् ।’ यसै प्रसङ्गमा प्रमुख दलका नेताहरुलाई सभासदहरुलाई भूमिका दिन समेत उनले आग्रह गरिन् । उनले विकसित मुलुकमा युवाहरुमा राजनीति प्रति चासो नहुने गरेको भएपनि नेपालमा युवाहरुले नै राजनीतिमा चिन्ता र चासो लिनु सुखद् भएको स्पष्ट पारिन ।
जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले नेपालमा संविधान बन्न बाँकी रहेपनि लगानी गर्नका लागि कुनै समस्या नरहेको बताए । उनले जापानमा नेपालीहरुको आगमन बढ्दै गएको र जापानमा बस्ने विदेशीहरुको कूल संख्याको २ प्रतिशत नेपाली रहेको जानकारी दिंदै नेपालमा रेमिट्यान्स भित्र्याउनेमा जापाका नेपालीहरु पाचौं स्थानमा रहेको बताए ।
नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष नारायण प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व संयोजक भूपी गोविन्द श्रेष्ठ, केन्द्रीय सदस्य रेसम डंगोल लगायतले समितिको गतिविधिका बारेमा प्रकाश पारेका थिए । त्यसै अवसरमा जापानको सिजुओकामा अध्ययनरत जीवन केसी नेपालमा आएको बेला सपरिवार सडक दुर्घटनामा परि गम्भीर घाइते भएकोले डंगोलकै सक्रियतामा संकलित दुई लाख ७७ हजार ऐन नेता देउवामार्फत केसीका परिवारलाई पठाउन सिटी एक्सप्रेसका अध्यक्ष महेशकुमार श्रेष्ठलाई प्रदान गरिएको थियो ।

यसैबीच नेपालको वर्तमान राजनीतिक अवस्था र संविधान निर्माणमा देखिएका चुनौती विषयक कार्यक्रममा एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, राप्रपा नेपाल सम्बद्ध प्रवासी नेपाली संगठन जापानका अध्यक्ष रघुदीप खड्का, नेकपा एमाले सम्वद्ध प्रवासी नेपाली मञ्चका अध्यक्ष कृष्ण खड्का, एनआरएन आइसीसीका सदस्यद्वय ओम गुरुङ र रोशन केसी, जनसम्पर्क समितिका पूर्व अध्यक्षहरु बलराम श्रेष्ठ र महेशकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष विश्वनाथ शर्मा, जनसम्पर्क समितिका महासमिति सदस्य सुवास लोहनी र समितिका महासचिव राजेन्द्र जमरकट्टेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
नेपाल–जापान कुटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसरमा सोमबार जापान–नेपाल सम्बन्ध र पर्यटकीय मुलुक नेपालका विषयमा विश्वविद्यालयले एक समारोहको आयोजना गरेको नेपाली जनसम्पर्क समितिका महासचिव राजेन्द्र जमरकट्टेलले गोल्डेन न्यूजलाई जानकारी दिए ।
Post a Comment