0
कास्कीको थुमाको डाँडा गा.वि.स.याङ्जाकोटमा रहेको मिलन युवा क्लबले यहि वैशाख १९ गतेदेखि २१ गतेसम्म २५५९औं बुद्धजयन्ती मेला–२०७२ को आयोजना गर्ने भएको छ ।याङ्जाकोटमा खेलकुदको विकास सँगै स्थानीय साँस्कृतिक एवं आन्तरिक पर्यटनको प्रवद्र्धनमा टेवा पु¥याउने तथा क्लबको बहुउद्देश्यीय भवन निर्माण गर्ने र संग्राहलयको स्थापना गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको  बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिए । मेलामा गा.वि.स.स्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता तथा लोक दोहोरी कार्यक्रम लगायतको विभिन्न कार्यक्रमहरु समावेश गरिने आयोजकले जनाएको छ । साथै मेलामा गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) तथा प्राचीन नेपालका कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । मेलामा भलिबल र बास्केटबलतर्फ प्रथम हुने समूहले नगद ३० हजार र द्वितीय हुने समूहले २० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने भएको छ । मेलामा ४ लाख ८ हजार खर्च तथा ६ लाख रुपैंया आम्दानी हुने लक्ष्य राखिएको आयोजकले जनाएको छ । वैशाख १९ गते हुने उद्घाटन समारोह अन्नूपर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको निर्देशक लालप्रसाद गुरुङको प्रमुख अतिथ्यतामा हुने भएको छ भने मेलामा सांसद विकास कोष क्षेत्र नं. १ तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एवं याङ्जाकोट तमू समाज पोखराको मुख्य प्रायोजन रहने भएको छ । यसैबीच मेलाकै अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीको ग्रामीण पर्यटकीय गाउँको अवलोकन भ्रमण पनि याङ्जाकोटमा हुने भएको छ । फोनिजका अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वमा करिब ३५ जना आदिवासी जनजाति पत्रकारहरुको टोली वैशाख २० गते त्यसतर्फ जाने अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिएका छन् ।

Post a Comment

 
Top